gulminews logo
मंगलवार, २०८० चैत्र ६

मालिका गाउँपालिकामा २ वटा पक्की पुल बन्दै

गुल्मी, माघ १२ । गुल्मीको मालिका गाउँपालिकामा २ वटा पक्की पुल बन्ने भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा पर्ने सिलादी, घमिर, अर्खावाग, दलिङ्ग, भिमघिटि सडक जोड्ने पुलको शिलान्यास गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर–६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुल शिलान्यास गरिएको छ । फुलबारी, अर्जै, बोम, नेटा, बाग्लुङ सडक खण्ड अन्तर्गत अर्जैबेसी खोलामा बन्न लागेका पक्की पुलको एक कार्यक्रमको बिच पुलको शिलान्यास गरिएको हो । पुलको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिलान्यास गरेका छन् । पुल शिलान्यास गर्दै मन्त्री चौधरीले गुणस्तरीय काम गरि समयमै योजना सक्न निर्माण व्यवसायीलाई आग्रह गरे । उक्त सडक महत्त्वपूर्ण सडक खण्ड भएकाले त्यसमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

मालिका गाउँपालिकाको वडा नम्बर-६ अर्जैमा बन्न लागेको पक्की पुलको २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि भ्याट बाहेक एक करोड ९० लाख १४ हजार दुइ सय ४७ रकममा पन्त निर्माण सेवासँग सम्झौता भएको छ । पुलको २० मिटर लम्बाइ र ९ मिटर चौडाइ रहेको छ । गाउँपालिकाको वडा नम्बर-३ र ४ को सिमानामा पुलको २ करोड ३७ लाख २८ हजार ८२९ रुपियाँ ७१ पैसा लागत रकम रहेको छ ।

पक्की पुल निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले बजेको व्यवस्था मिलाएको छ । समयमै पुल निर्माण सम्पन्न भए गुल्मी जिल्ला र बागलुङ जिल्लाका नागरिकहरु लाभान्वित हुने छन् ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D