gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मालिका गाउँपालिकाको मरभुङ्गमा मोटरबाटोको उद्घाटन

टोपलाल अर्याल
गुल्मी, ७ माघ । मालिका गाउँपालिका ८ मरभुङ्गको सापखोला–थानपति मोटरबाटोको उद्घाटन गरिएको छ । शनिबार मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले मोटरबाटोको उद्घाटन गरेका हुन् ।

दुई किलो मिटर मोटरबाटो ३ लाखको लागतमा नौ दिनमै सम्पन्न गरेको वडा अध्यक्ष टीका बहादुर जिसीले बताए । पहिलो पटक मोटरबाटो र जीप पुगेपछि स्थानीयले स्वागत समेत गरेका थिए । मोटरबाटो निर्माणले स्थानीय २५÷३० घर प्रत्यक्ष लाभाम्बित हुनुका साथै थानपति मन्दिरको थप विकासमा सहयोग पुगेको जिसीले बताए ।

उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै गाउँपालिका प्रमुख रित बहादुर थापाले बाटो निर्माणले स्थानीयसंगै ऐतिहासिक क्षेत्र थानपतिको मन्दिरको आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास गरे । ‘थानपति मन्दिर गाउँपालिकाको बिशेष सुचीमा छ, क्रमश बिकास गर्ने हो,’थापाले भने,‘अहिले मन्दिरसम्म बाटो पुराएका छौ ।’

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष देवा अर्याल, वडा अध्यक्ष टीका बहादुर जिसी तथा कार्यपालिकाका अन्य सदस्यहरुको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D