gulminews logo
आईतवार, २०८१ बैशाख २३

माधव नेपालले देउवालाई प्रधानमन्त्री बनाउने कुरा ठूलो उपलब्धी लिनु भो: गोकर्ण बिष्ट

अनिल खत्री
३० भदौ, गुल्मी । नेकपा एमाले सचिव गोकर्ण बिष्टले माधव नेपालले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धीसँग जोडेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बिष्टलेपार्टी बिभाजनलाई क्रान्तिकारीता सिता जोडेको बताएका छन् ।

सिद्धान्त र बिचारसँग तुलना गरेर एउटा क्रान्तीकारी त्यागीले महामनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँछ भनेर पुष्टी गर्न खोजेको बताए । १० बुँदे सहमती कार्यवन्यनमा माधव नेपालबाटै असहयोग भएकाले पार्टी बिभाजन भएको बताएका छन् ।

पार्टीमा देखिएका समस्या सुल्झाउन बनाइएको कार्यदललले तयार गरेको सहमती माधव नेपालबाट धोका भएको बताए । पार्टी एकता बाहेक बिकल्प छैन द्वन्द्व बिरोधको पार्टी भित्रबाटै गरौं भन्दा अत्यमा माधव नेपालले म मान्दिन भन्ने गरेको बताए ।

पार्टी एकता भन्दा पनि उहाँले पार्टी बिभाजन चाहेकाले कुनै पनि सर्त नमानि पार्टी बिभाजन गरेको बताए । पार्टी बिभाजन भएपनि ठूलो असर एमालेलाई नपरेको बताए । पार्टी बिभाजन हुन नदिन अनेकौं प्रयत्नहरु अपनाएपनि माधन नेपालले त्यो नचाहेको बताए । कार्यदलले माधव नेपाल र झलनाथ खनाललाई जानकारी गराएर १० बुँदे सहमती तयार भएको बताए । तर पछि उहाँहरुले नै त्यो सहमती हुन्छ भनेर पछि पुन अहसमती जनाएर पार्टी बिभाजन गरेको बताए । पूर्वमन्त्री समेत रहेका बिष्टले पार्टीमा देखिएका बिवाद मिलाउन गरेका प्रयत्नहरुको नालीबेली नै कार्यकर्तालाई सुनाएका थिए ।

उनले पार्टीमा बेला बेलामा समस्याहरु आएपनि त्यसलाई समाधान गर्दै अगाडी बढनु पर्नेमा जोड दिए । केन्द्रिय नेताहरु बिभिन्न बिषयमा असहमती जनाए पनि त्यो असर कार्यकर्ता पंतीले नेताको आधारमा धारणा नबनाउन आग्रह गरे । उनले एक मन एकताका साथ अब पार्टीलाई थप बलियो बनाएर लैजानको निम्ति कार्यकर्तालाई आग्रह गरे । एमालेमा देखिएको समस्याका कारण दुइतिर बनेका दुई जना सचिवले एउटै मञ्चबाट सम्बोधन गर्दै पार्टी एक ढिक्का भएको सन्देश दिएका छन् ।

पार्टी कार्यकर्ता भेलालाई सचिव एबम् प्रवक्ता प्रदीप ज्ञवाली र सचिव गोकर्ण बिष्टले सम्बोधन गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D