gulminews logo
शनिबार, २०८१ बैशाख ८

मदाने अध्यक्षमा गठबन्धनका कुँवर र उपाध्यक्षमा एमालेकी खड्क, मदानेमा कुन वडामा कस्ले जिते ? हेर्नुस्

विवश विष्ट
गुल्मी, जेठ ०२ । मदाने गाउँपालिकाको प्रमुखमा गठबन्धनले जितेको छ । गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका महेन्द्र बहादुर कुँवर विजयी भएका हुन । पालिकाका ७ वटै वडाको मतगणनाबाट ४७०७ मत लिएर अध्यक्षमा निर्वाचित भएका छन । प्रतिद्वन्दी उम्मेदवार नेकपा एमालेका प्रेम केसीले १० मतान्तरले पराजित भएका छन । उनले ४६९७ मत लिएका छन ।

यस्तै पालिका उपाध्यक्षमा नेकपा एमाले कि सरिता खड्का ४५६७ मत सहित पुनः विजयी भएकी छन् । प्रतिद्वन्द्वी गठबन्धन (माओवादी केन्द्र) का बेगम चन्दले ४२११ सहित ३५६ मतान्तरले पराजित भएका हुन् ।

वडाको विवरण हेर्नुहोस ;

• वडा नम्बर १ अग्लुङ्गमा मा गठबन्धन टिम विजयी भएको छ…१७६ मतान्तर सहित सुशील चन्दको प्यानल निर्वाचित भएको छ ।

• वडा नम्बर २ बाझकटेरीमा नेकपा एमाले विजयी भएको छ ..१६० मतान्तर सहित माधव भुषालले प्यानल निर्वाचित भएको छ ।

• वडा नम्बर ३ सिर्सेनिमा गठबन्धनको टिम विजयी भएको छ … २१५ मतान्तर सहित वडा अध्यक्ष चेतबहादुर सेनको प्यानल निर्वाचित भएको छ ।

•वडा नम्बर ४ म्यालपोखरीमा गठबन्धनको टिम विजयी भएको छ.. २०३ मतान्तर सहित प्रेम सेनको प्यानल निर्वाचित भएको छ ।

• वडा नम्बर ५ मलागिरीमा नेकपा एमालेको टिम विजयी भएको छ … १०८ मतान्तर सहित हिमाल खड्काको प्यानल निर्वाचित भएको छ ।

• वडा नम्बर ६ पुर्कोटदहमा सत्ता गठबन्धन विजयी भएको छ …९३ मतान्तर सहित मणिराम थापाको प्यानल निर्वाचित भएको छ ।

• वडा नम्बर ७ भनभनेमा सत्ता गठबन्धन विजयी भएको छ…५६ मतान्तर सहित सन्तोष केसी विजयी भएका हुन ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D