gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवालीले दिए बधाई तथा शुभकामना

सन्जु काउछा
गुल्मी, मंसिर ०९ । गुल्मी १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी भएका छन् । शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन् ।

ज्ञवालीले आफ्नो फेसबुक पेजमार्फत गुल्मी १ बाट आफु पराजित भएको जानकारी दिँदै सम्पूर्ण मतदाताहरु प्रती आभार प्रकट गरेका छन् । यद्यपी निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन भने बाँकी छ । नेपाली कांग्रेसका भण्डारी ३३ हजार ७४४ मत ल्याएर बिजयी भए । ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका थिए । भण्डारीले ज्ञवालीले भन्दा १ हजार ५९२ मत बढी ल्याउँदै बिजयी भएका हुन् ।

“अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन, तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।”, ज्ञवाली लेख्छन्, “प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।”

ज्ञवालीले निर्वाचित भएका चन्द्र भण्डारीलाई वधाइ तथा सफल कार्यकालका लागि शुभकामना पनि दिए ।

यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D