gulminews logo
शनिबार, २०८१ बैशाख १५

पछिल्लो ‘ह्याट्रिक’ सहित गोकर्ण बिष्ट गुल्मीबाट चौथो पटक बिजयी

टोपलाल अर्याल
गुल्मी, ७ मंसिर । गुल्मी क्षेत्र न २ को मतगणनामा एमालेका गोकर्ण बिष्ट २०४४ मतको अग्रतासहित बिजयी भएका छन । गोकर्णले २८४८५ र रामकुमारी झाक्रीले २६४४१ मत प्राप्त गरेको गुल्मी क्षेत्र न २ का निर्वाचन अधिकृतको कार्यालयका प्रबत्ता अमर केसिले जानकारी दिए ।

को हुन गोकर्ण बिष्ट : राजनैतिक यात्रा

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रिय सचिव हुन् । उनी इस्मा गाउँपालिका ४ दोहली बाँझमा २०२२ साल असार १७ गते स्वर्गीय भिम बहादुर बिष्ट र चिन्ताकुमारी बिष्टको कोखबाट जन्मिएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । बिष्टले ०३५÷०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनैतिक यात्राको सुरुवात गरे । उनले विभिन्न मुद्दामा विभिन्न कारागार र हिरासतमा जीवन बिताएका छन् ।

त्यस्तै ०५० सालसम्म अनेरास्ववियु, सचिवालय र विभिन्न विभाग प्रमुखहुँदै प्ररायुसंघको महासचिव सचिव र ०५६ देखी २ कार्यकाल प्ररायुको अध्यक्ष समेत बने । पार्टीको ७ र ८ औ महाधिवेशनबाट २ कार्यकाल केन्द्रीय सदस्य, ९ औ महाधिवेशनबाट केन्द्रीय सचिव र विभिन्न मोर्चाका विभाग प्रमुख बिष्ट सक्रिय छन् । उनी ०५६, ०७० र ०७४ सालमा प्रतिनिधी सभामा निर्वाचित भएका थिए । बिष्ट ०६८ सालमा चार महिना उर्जामन्त्री समेत बने ।

आफ्नो कार्यकालमा विद्युत चुहावट नियन्त्रण, लोडसेडिङ न्यूनिकरण, महसुल नतिर्ने कम्पनीको लाइन काट्ने, विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री रहने व्यवस्था परिमार्जन गरेर सचिवलाई दिने तथा कार्यकारी प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात, माथिल्लो तामाकोशीको शिलान्यास, बुढीगण्डकी, नलसिंह गार्ड, उत्तर गंगा रसुवागढी, सान्जेन, मध्ये भोटेकोशी लगायतका आयोजनाको काम अगाडी बढ्यो । पश्चिम सेती आयोजनामा नयाँ ठेकेदार छनोट, १० मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्स प्रतिष्पर्धाबाट वितरण गर्ने कानुनी व्यवस्था, उर्जा विकास कम्पनी स्थापना, प्रशारण लाइनको मास्टर प्लान निर्माण गरेर बिष्टले पार्टी र जनता माझमा लोकप्रियता बटुले ।

०७२ सालको विनाशकारी भूकम्पपछि नेकपा एमालेले संचालन गरेकोे एक महिने राष्ट्रिय स्वयंसेवक अभियानको संयोजक भएर उद्दार राहत र पुननिर्माणको कार्यमा समेत बिष्टको योगदान छ । उनी ०७४ चैत २ देखि २१ महिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए ।

सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात, नेपाली श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले बृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्विकृती दिन शुरु, अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाली श्रमिकको पक्षमा दह्रो वकालत, ठगी र सिण्डिकेट लगायतका विकृति हटाउदै वैदेशिक रोजगारीलाइ सुरक्षित, मर्यादित र प्रतिफलमुखी बनाउन थुप्रै नितिगत तथा व्यवहारिक सुधार, मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौता गर्दै आफ्नो कार्यभार पुरा गरेकी थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D