gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेल
गुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ । जिल्लाका दुवै प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना सकिदा घण्टी चुनाव चिन्ह भएको स्वतन्त्र पार्टी तेस्रो दल भएको हो । पहिलो एमाले, दोस्रो काँग्रेस, चौथो माओवादी केन्द्र, पाँचौ एकीकृत समाजवादी र छौठौँ दल राष्ट्रिय जनमोर्चा बनेको छ ।

एमालेले क्षेत्र नम्बर १ मा २८ हजार ४५३ र २ मा २५ हजार १३० गरी कुल ५३ हजार ५८३ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसले क्षेत्र नम्बर १ मा २३ हजार ४१३ र दुईमा १८ हजार ४५१ गरी ४१ हजार ८६४ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ मा आठ हजार ११६ र क्षेत्र नम्बर २ मा चार हजार २६३ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले क्षेत्र नम्बर १ मा छ हजार २५० र क्षेत्र नम्बर २ मा पाँच हजार ४३७ गरी कुल ११ हजार ६८७, नेकपा एकीकृत समाजवादीले क्षेत्र नम्बर १ मा २५६ र क्षेत्र नम्बर २ मा दुई हजार ४७० गरी कुल दुई हजार ७२६ र राष्ट्रिय जनमोर्चाले क्षेत्र नम्बर १ मा एक हजार २२४ र दुईमा ५३२ गरी कुल एक हजार ७५६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ मा कुल एक लाख १९ हजार २२८ मतदाता रहेकोमा ७१ हजार ४५८ मत खसेको थियो ।

जसमा ६९ हजार ५५७ मत सदर भएको थियो भने एक हजार ९०१ मत बदर भएको थियो । त्यसैगरी क्षेत्र नम्बर २ मा एक लाख चार हजार ३२७ मतदाता रहेकोमा ५८ हजार ३५० मत खसेको थियो । जसमा ५५ हजार ५५० मत सदर भएको थियो भने दुई हजार आठ सय मत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D