gulminews logo
मंगलवार, २०८१ बैशाख १८

भिडियो: हराउँदै गएको कृष्ण चरित्रको जगेर्नामा भार्सेलीहरु, हेरौ भार्सेको “अर्गानिक” कोसेली

पौराणिक तथा ऐतिहासिक आख्यानमा आधारित रही विविध लय, ताल र शृङ्गारमा मारुनी नृत्यसहित गाइने सोरठीको उचित संरक्षण हुन नसक्दा अहिले लोप भएर जाने अबस्थामा पुगेको छ । यस गितको लय र भावलाई नयाँ पुस्ताले टिप्न नसकेका कारण पनि यो मौलिक गीत हराउँदै गएको हो । मुख्यतया तिहारको समयमा कृष्ण चरित्र, महाभारत र रामको बनबास जस्ता ईश्वरीय भक्ति र देबीदेवता कुलानलाई समेटेर गाइने यो मौलिक सोरठी संस्कृति लोप हुँदै गएका बेला गुल्मी भार्सेका स्थानियहरु भने यसको प्रवर्द्दन र प्रचार-प्रसारमा लागेका छन् ।

वषौँ पूरानो इतिहास बोकेको मौलिक गीत सोरठी लोप हुँदै गएका बेला भार्सेको कृष्ण चरित्र समूह भने यसको जगेर्नामा लागिपरेको छ । गुल्मी जिल्लाको ऐतिहासिक गाउँ भार्से र भार्से सेरोफेरोमा रहेका मौलिक संस्कृति जगेर्ना गर्ने उद्धेश्यले समुहले बिभिन्न मेला पर्व, सामाजिक कार्यक्रम र महोत्सवहरुमा कार्यक्रम प्रस्तुत गर्ने गर्दछ ।

केही वर्ष अघिसम्म तिहारको बेला सोरठी प्रशस्त ठाउँहरुकमा गाइने र नाचिने संस्कृतिको रुपमा परिचित थियो तर अहिले नयाँ पुस्ताले यसको मौलिक लय महत्व र भावलाई समेट्न नसक्दा पनि हराउँदै गएको छ । एकातिर पर्वमा मात्र सिमीत भएकाले पनि यस परम्परालाई ब्यवसायिकता पाउन सकेको छैन भने अर्कोतिर सरोकारवालाहरुले पनि यसप्रति कुनै चासो नदिँदा मौलिक संस्कार नै संकटमा पर्दै गएको छ ।

गुल्मी, पाल्पा, बाग्लुङ, म्याग्दी, स्याङ्जा लमजुङ लगाएतका सेरोफेरोमा प्रचलनका रहेको यो मौलिक संस्कृति अहिले लोपोन्मूख अबस्थामा पुगेको छ । हम्रा धेरैजसो मौलिक संस्कृति अहिले केही जनजिब्रोमा मात्र सीमित छन् भने केही मेलापर्व, प्रर्दशनी वा समारोहमा सीमित छन् । भार्सेली कृष्ण चरित्र समूहको मौलिक संस्कृति जोगाउने यो प्रयास प्रशंसनीय छ ।

हेरौँ यो गज्जबको मौलिक भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D