gulminews logo
शनिबार, २०८१ बैशाख २२

भिडियो: यस्तो देखियो गुल्मी महोत्सबका स्टलहरुको भिडियो टुर

यतिबेला गुल्मीमा त्तेस्रो गुल्मी महोत्सव चलिरहेको छ । गुल्मी उद्योग बाणिज्य संघको आयोजनामा गत चैत १६ गते देखि शुरु भएको तेस्रो गुल्मी महोत्सव आगामी २५ गते सम्म चल्ने छ ।
तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदानमा चलिरहेको महोत्सवमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिएको छ । त्यस्तै महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु सन्चालन भैरहेका छन् ।

जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

महोत्सवमा थप आकर्षक बनाउनको लागी हेलिकप्टर मार्फत उडान गर्ने ब्यवस्था पनि गरिएको थियो । महोत्सवको दोस्रो र तेस्रो दिन हेलिकप्टरद्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्ने ब्यवस्था गरिएको संघका पुर्व अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता पनि सन्चालन हुने भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष एबं महोत्सव मुल आयोजक समितिका संयोजक दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । महोत्सवमा २ सय स्टल छन् ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिने गर्दछ ।

हेरौँ गुल्मी महोत्सबका स्टलहरुको भिडियो:

भिडियो: A1 स्टुडियो

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D