gulminews logo
मंगलवार, २०८१ बैशाख १८

भिडियो: भुवाचिदीबाट बडिगाड खोलामा र्याफ्टिङ गर्दै मजुवा तिर जाँदा…..

कौरब खत्री
¨गुल्मी, १३ पुस । गुल्मीको मुसिकोट नगरपालिकाले बडिगाड नदीमा विहिबार राफ्टिङ्गको परीक्षण गरेको छ । विहिबार बाग्लुङ्गको बडिगाड गाँउपालिकाको भिमगिठे देखी गुल्मीको भुवाचिदी सम्मको जलयात्रामा त्रिशुली नदीमा जलयात्रा गराइरहेको ७ सदस्यीय विज्ञ टोलीले गुल्मीको मुसिकोट नगरपालिका र बाग्लुङ्गको बडिगाड गाँउपालिकाको टोलीद्धारा बडिगाड नदीमा जलयात्रा गरिएको हो । त्यस्तै शुक्रबार नै भुवाचिदी देखी चन्द्रकोटको मजुवा सम्मको जलयात्रा पनि सफल परिक्षण गरिएको छ ।

बडिगाड नदीमा जलयात्राको प्रशस्त संम्भावना रहेको जलयात्राको टोलीले निष्कर्ष निकालेको छ । नदीमा रहेका ठुला ढुङ्गाहरु मिलाउने र पानीको वहावलाई उचित व्यवस्थित गर्न सकेको खण्डमा जलयात्राको माध्यमबाट प्रशस्त पर्यटक भित्राउन सकिने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

आगामी बर्ष केही रकम लगानी गरेर बडिगाड नदिमा राफ्टिङ्ग सञ्चालन गर्ने विषयमा तयारी गरिने उनको भनाइ छ ।

जलयात्रा गरिसकेपछिको आफ्नो अनुभव सुनाउदै नगरप्रमुख सापकोटाले पहिलो पटक जलयात्राको अनुभव लिएको र यात्रा रमाइलो भएको बताए ।

जलयात्रामा नगरप्रमुख सापकोटा सहित बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारी, मुनपा ७ का अध्यक्ष प्रकाश काफ्ले, मुनपा ८ का अध्यक्ष नारायण सापकोटा, बडिगाड ६ का अध्यक्ष मौसम काजी क्षेत्री, पत्रकार लगायतको सहभागीता रहेको थियो । नगरपालिकाले चालु आथिक बर्षको नीति तथा कार्यक्रममा बडिगाड नदीमा राफ्टिङ्ग चलाउने भनि बजेट समेत विनियोजन गरेको थियो ।

बडिगाड नदी राफ्टिङ्गको माध्यमबाट पर्यटन प्रर्वद्धन गरी प्रशस्त आम्दानी गर्न सकिने नदी हो । यस सम्पदाको सही सदुपयोग गरी स्थानीय सरकारको आम्दानी वृद्धि गर्ने तर्फ नेतृत्वको ध्यान पुगेको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D