gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

भिडियो: गुल्मी पुगेका यि “स्नेक म्यान” जस्ले बिष नझारेको सर्पलाई यसरी मुखमा हाले

सर्प देखेर नडराउने मानिस कमै हुन्छन्, मान्छेलाई सर्प देख्ने बित्तिकै पनि आङ सिरिंग हुने गर्दछ तर पाल्पाका सागर पाण्डे यस्ता ब्याक्ती हुन् जो सर्पलाई समातेर सजिलै खेलाउने गर्छन् ।

आफ्नै ६ महिनाकी बहिनी सुतिरहेको बेला नजिकै सर्प देखेपछि बहिनीलाई बचाउन उनले आफ्नो ज्यानको बाजी लगाएर सर्प समातेपछि उनी अहिले जुन सुकै सर्पलाई पनि सजिलै समात्न सक्ने भएका छन् ।

चार बर्ष अघि देखि सर्प समाउने र बचाउने अभियानमा लागेका सागरले अहिलेसम्म गाउँघरबाट तीन सयभन्दा बढी सर्प बचाइसकेको बताउंछन् ।

सर्प समाउने कुनै अनुभव र तालिम नलिएका सागरले उभयचर र सरीर्सप सम्बन्धी लेखिएको थेसिस पढेकै भरमा यस्तो जोखिम काम गर्न सफल भएका हुन् ।

पाल्पा, गुल्मी, स्याङ्जा र कास्की जिल्लाबाट समेत घरमा पसेको सर्प समात्न बोलाउने गरेको पाण्डे बताउँछन् ।

नेपालको प्रचलित कानुनमा सर्पलाई हानी नोक्सानी गर्ने र मार्ने व्यक्तिलाई कानुन बोमोजिम सजाए हुन्छ । कतिपय मानिस सर्प देख्ने वित्तिकै डरले मार्ने गर्छन् तर सजायंको बारेमा जानकार हुंदैनन् ।

सबै प्रजातिका सर्प एकै प्रकारका हुंदैनन् भन्ने भाव जगाउन उनले सर्प बचाउ अभियान नै संचालन गरिरहेका छन् ।

जसमा सर्प बचाउन उनले मेला, पर्व र महोत्सवमा आफ्नो कला देखाउने गरेका छन् । उनको सर्प बचाउ अभियानमा परिवारले समेत सघाउने गरेका छन् ।

सर्पले आखाले देख्छ तर सुन्दैन । हिन्दु धर्ममा सर्पलाई देवता मानेर नाग पञ्चमीका दिन पुजा गर्ने गरिन्छ ।

पहाडी क्षेत्रमा गोमन, चिचिन्ने, हरियो र कपरहेड सर्प पाइने गर्दछ । सर्प आफैंमा मानिसको सत्रु होइन् तर यसलाई छुने, जिस्काउने र चलाउने गरे मात्र टोक्ने गर्दछ ।

हेरौँ गुल्मीको शान्तिपुरमा आयोजित चक्रेश्वर मेला सागरले जिउँदा सर्पहरुसँग देखाएको यस्तो कला:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D