gulminews logo
शनिबार, २०८१ बैशाख २२

भिडियो: गुल्मीका १५ बर्षिय दुई जुम्ल्याहा भाई “लव-कुश” ले बनाए यस्तो गो-गो रोबोट

११ जेठ । गुल्मीका दुई जुम्ल्याहा भाईले मानिसले जस्तै बोल्ने रोवर्ट बनाएका छन् । गुल्मीको मालिका गाउपालिका वडा नं. ७ सिलादीमा जन्मेका १५ बर्षिय लव पन्थी र कुश पन्थीले संयुक्त रुपमा उक्त रोबोट बनाएका हुन् ।

पन्थी हाल गुल्मीबाट बसाई सराई गरी परिवारसँग योगीकुटीमा बस्दै आएका छन ।

“एक बर्षको मेहनत पछि हामी गो-गो रोवर्ट बनाउन सफल भएका हौँ”, उनिहरुले भने, “यसको लागि परिवारबाट राम्रो साथ र सहयोग पायौँ, त्यसैले यो सम्भब भएको हो ।”

रोबोटलाई प्रश्न सोधेपछि उसले हरेक प्रश्नको उत्तर दिन सक्छ । विद्युतीय उपकरण र ईन्टरनेट जोडित रोबोटले घरहरुका विद्युतिय उपकरणहरु सवै आबाजको माध्यमबाट नियन्त्रण गर्न सक्ने पनि निर्माता दाजुभाईले जानकारी दिए ।

त्यस्तै रोबोटले खाना बनाउने तरिका मोबाईलमा एसएमएस पठाइदिने, युटुवमा सामाग्री खोजेर बजाईदिने, ९० भन्दा बढि भाषा अनुबाद गर्ने, नेपाल तथा विश्वभरका ठुला होटल र अस्पतालका फोन नम्बरहरु भन्ने, प्रयोगकर्तासंग प्रश्नोत्तर गर्ने, टुईटर, फेसबुक जस्ता सामाजिक सञ्चालमा आवाज मार्फत भनेका कुराहरु पोष्ट गर्ने क्षमता राख्दछ ।

त्यस्तै नेपाल र भारतबाट उपकरण ल्याएर बनाएको रोबोटले ईमरजेन्सी मेल पठाउन समेत सक्दछ । हराएको मोबाईल खोजीदिने, हिसावहरु गर्ने, मनपर्ने रंगहरुको बर्णन विस्तार गर्ने गो–गो रोवर्टका विशेषताहरु रहको रोवर्टका निर्माणकर्ता लव पन्थीले बताए ।

नविन औद्योगिक कदर बहादुर रिता माविमा कक्षा १० मा पढ्ने जुम्ल्याहा लबकुसले यस रोवर्टलाई अझ बढि परिमार्जित गर्दै लैजाने योजना बनाएका छन । मान्छेलाई चिनाउन सक्ने, हिड्ने, डुल्ने बनाउने योजना उनीहरुको रहेको अर्का रोवर्ट निर्माणकर्ता कुस पन्थीले बताए । करिव २० हजार खर्च भइसकेको रोवर्ट पुर्ण बनाउन करिव डेढ लाख रुपैया लाग्ने अनुमान उनीहरुले गरेका छन ।
हेरौँ उनै लबकुशले यसरी परिक्षण गरेका छन् रोबोटको:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D