gulminews logo
बुधबार, २०८१ बैशाख १२

भिडियो: ईन्द्रेणीले गुल्मी पुगेर सबैलाई यसरी रुवायो, भिडियो हेरेर नरुने को होला?

सन्जु काउछा
भदौ २० । एबिसी टेलिभिजन मार्फत प्रसारण हुने चर्चित कार्यक्रम ईन्द्रेणीले गुल्मीको सत्यवती गाउँपालिकामा पुगेर छायाँङ्कन गरेको कार्यक्रम सार्वजनिक भएको छ । सांगितिक मनोरन्जनको साथसाथै विभिन्न दु:ख पिडामा रहने दुखी पीडितहरुको उद्दार तथा समाजिक गतिविधिहरुमा सघाउंदै आएको इन्द्रेणी टिम गत महिना गुल्मी पुगेको थियो । सत्यवतीमा गत महिना गएको भीषण पहिरोबाट पीडितको लागि सहयोग सहित सांगितिक कार्यक्रम लिएर ईन्द्रेणी गुल्मी पुगेको थियो ।

देश-विदेश मा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल कार्यक्रम ईन्द्रेणी सर्वाधिक हेरिने नेपाली कार्यक्रम मध्य पर्दछ । खास गरि प्रवासमा रहनुहुने दाजुभाई दिदि बहिनीहरुको मन जित्न सफल कार्यक्रम ईन्द्रेणीको सिंगो टिम प्रवासबाट पठाईएको सहयोग लिएर गुल्मी पुगेको थियो । गुल्मी ग्वादी जन्मथलो भई हाल दुबईमा रहेका छत्र बहादुर कुँवरको संयोजकत्वमा संकलित सहयोग रकम हस्तान्तरणको क्रममा ईन्द्रेणी गुल्मी पुगेको हो । कुँवरको अलावा बिभिन्न देशबाट पठाईएको सहयोग पनि ईन्द्रेणीका संचालक कृष्ण कंडेलले आफु सँगै लगेर गएका थिए ।

१३ जनाको ज्यान जाने गरी गएको भीषण पहिरोमा सयौँ यतिबेला पनि बिस्थापित छन् । घटनासँग मिल्दो गीत गाउँदा उपस्थित सबैको आँखा रसाएका थिए । सुन्नेको त रसायो नै, गाउनेको पनि ओभाना रहेनन् । टि.भी र युट्युबमा भिडियो हेरेर पनि नरुने कोही भएनन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D