gulminews logo
बिहीबार, २०८१ बैशाख २०

बडिगाड होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ गठन

अनषि पाठक
बडिगाड, पुस १९ । होटल तथा रेष्टुरेन्ट संचालन गर्दा व्यवसायीले सरसफाई, स्थानिय उत्पादन तथा मदिरा नियन्त्रणलाई विशेष ध्यान दिनुप्रर्ने एक कार्यक्रमका सहभागिले बताएका छन । आईतबार बडिगाड गाँउपालिकामा बडिगाड होटल तथा रेष्टुरेन्ड व्यवसायी संघको औपचारीक उद्घाटन तथा घोषण कार्यक्रममा बोल्ने बक्ताले सो कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले कोरोनाका कारण अस्तव्यस्त बनेको व्यवसाय उठाउन यस संगठनले भुमिका खेल्नेमा आफु आशाबादी रहेको बताउँदै पालिका भित्रने पर्यटकलाई समय अनुशारको परिकार उपलब्ध गराउन आग्रह गरे । साथै पाईजाले व्यवसाय सफल बनाउन अन्यत्रका व्यवसाईले गरेका राम्रा कामको सिको गर्न सकेमात्र पनि सफल बन्न सकिने बताए । सोहि अबसरमा पाईजाले मदिरा नियन्त्रणमा होटल व्यवसायीको ठुलो हात हुनेहुदाँ त्यसमा सहयोग गरिदिन समेत सबैमा आग्रह गरे ।

संघका सल्लाहाकार संयोजक समेत रहेका होटल संचालक सुनिल शेरचनले संघ स्थापनाको बारेमा जानकारी गराउँदै अबको व्यवसाय परम्परागत रुपमा गरेर नहुने बताए । अर्गानिक र स्थानिय उत्पादनका परिकार पछिलो समय ग्रहाकले बढि रुचाउने गरेकोले त्यस्ता उत्पादनमा पनि ध्यान दिन शेरचनले आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताले मदिरा प्रयोगको लागि समय तोक्न, पालिका आउने प्रर्यटकलाई रोक्न सुविधा सम्पन्न र प्रयाप्त व्यवसाय संचालन गर्न साथै कम मुल्यमा ताजा, शुद्ध र सफा परिकार ग्रहाकलाई पस्कन आग्रह गरेका थिए ।

संघका अध्यक्ष तिल बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रम सदस्य सुमित्रा घिमिरे क्षेत्रीको स्वागत तथा सचिव दिपेन्द्र प्रताप केसीको संचालनमा सपन्न भएको थियो । साथै सोहि कार्यक्रमको अबसरमा संघको कार्यालय बडिगाड ५ एक्ले खेतमा रहने जानकारी गराइएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D