gulminews logo
बुधबार, २०८१ बैशाख ५

बडिगाड खोलमा बन्दै गरेको पक्की पुल भत्कियो, ५ जना घाइते

कमल पौडेल
बडिगाड, ०१ बैसाख । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र वडा नं. ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्कि पुल भाँचिदा ५ जना घाइते भएका छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भैरहेको छ ।

यो पनि पढ्नुस्: भाँचिएको पुलको अनुसन्धानका लागि विज्ञको टोली आउँदै, यस्ता छन् ईन्जिनियरको अनुमान र नगरप्रमुख सापकोटाको भनाई

घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुल वहादुर रानालाई पोखरा रिफर गर्ने तयारी भएको अस्पताल श्रोतले जानकारी दिएको छ। सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिकाका रन वहादुर कुमाल, गणेश कुमाल र रुद्र वहादुर कार्कि घाइते भएको अस्पताल श्रोतलाई उदृत गर्दै हटियावाट दिपेश विसीले जानकारी दिनुभएको छ।

शुक्रवारवाट ढलान सुरु गरि अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी विचवाट भाँचिएको हो। ५५ मिटर लामो सो पक्कि पुल संघिय सरकार सरकार अन्तरगत ५ करोड लागतमा निर्माणाधिन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष काफ्लेले इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ। जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुलको निर्माण कार्य गरिरहेको थियो ।

गत वर्ष सोहि स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि सो पक्की पुलको निर्माण भैरहेको थियो। यहि जेठ महिनावाट तर्न मिल्ने गरी तिव्र गतिमा काम भैरहेको पुल भत्किएपछि स्थानियहरु अन्योलमा परेका छन्।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D