Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
पौँदीअमराईमा लिफ्ट खानेपानी योजना निर्माण हुँदै, २०७५ कार्तिक मसान्त सम्म सम्पन्न हुने - Gulminews

पौँदीअमराईमा लिफ्ट खानेपानी योजना निर्माण हुँदै, २०७५ कार्तिक मसान्त सम्म सम्पन्न हुने

गुल्मी । गुल्मीको पौदीअमराईमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ योजनामार्फत छोरधारा बाङ्गे लिफ्ट खानेपानी निर्माण गर्न लागिएको छ ।

मुसिकोट नगरपालिका–१ अन्तर्गत बाङ्गे, अमराई लगायतका स्थानमा वर्षौंदेखि खानेपानी समस्या भोगिरहेका बासिन्दालाई अब भने एक वर्ष भित्रमै पश्चिम नेपाल ग्रामीण खानेपानी सरसफाइ परियोजनामार्फत छोरधारा बाङ्गेको मूलको पानीलाई ३९२ मिटर माथि तानेर र लिफ्ट गरेर झिल्केपोखरीमा संकलन गरेर खानेपानी वितरण हुने मुनपाका वास संयोजक रामबहादुर कुँवरले बताए ।

आँउदो २०७५ कात्तिक मसान्तभित्र खानेपानी योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नेपाल सरकार र फिनल्याण्ड सरकारको ३६÷३६, मुसिकोट नगरपालिकाको १०, उपभोक्क्तहरु श्रम १७ र नगद एक प्रतिशतसहित संयुक्त रुपमा कूल रु एक करोड ३५ लाख तीन हजार ३३३ को आर्थिक लगानीमा योजना निर्माण गर्न लागिएको संयोजक कुँवरले जानकारी दिए ।

उक्त योजनामार्फत सञ्चालित छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाइ योजनामार्फत १६९ घरधुरीका ८८७ जनसङ्ख्या र भगवती निमावि र छत्रभूमि बोर्डिङ स्कुल, स्वास्थ्यचौकी, प्रहरी चौकी र वडा कार्यालय समेतका संस्था खानेपानीबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D