रमेश वि.क.
गुल्मी । तम्घास–प्यूठान मोटरबाटो अन्तर्गत पूर्कोट–मलागिरी जोड्ने पक्की पुलको शिलन्यास गरिएको छ ।
शिलन्यास कार्यक्रममा मदाने गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष हिमाल खड्काको अध्यक्षता, नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस गुल्मीका सचिव विष्णु कुमारी सापकोटा, नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य रेशम कुँवर, सडक डिभिजन कार्यालयका इन्जिनियर हिमाल काफ्ले,मदाने गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष काँशी बहादुर बोहोरा, नेपाली काँग्रेस मदाने गाउँपालिकाका संयोजक मनिराम थापा र निर्माण व्यवसायी जुमान सिंह जि.सी.को विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन इन्जिनियर बाबुराम थापाले गर्नुभएको थियो ।
शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले देश र समाजको समृद्धीका लागी कुराले हैन कामले प्रमाणित गर्नुपर्ने कुरामा जोड दिने अनि पूर्वाधार र सामाजिक विकासलाई संगसंगै लैजानुपर्ने विचार व्यक्त गर्नुभएको थियो । उहाँले यस क्षेत्रको लागी पुल बनाउने मात्र होईन, विकासका हरेक क्रियाकलापमा पहल गर्ने आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रमुख अतिथि पन्थीले भन्नुभयो, “हामी सत्य बोल्छौ हामी आफुले जे बोलेका छौ, त्यो गरेका छौ” । पन्थीले अगाडि थप्नुभयो, “यहाँबाट पटक पटक चुनाव जितेका सांसद र मन्त्रीले यहाँका जनताका लागी भन्दा आफ्नै लागी वढि सोंचे र यहाँको समस्या जितेर गएका माननिय सांसदहरु कसैले पनि बुझेनन्, सबै कुरा आफ्नो भाषण र कुरामा मात्र सिमित पारेर गए ।”
कार्यक्रममा वोल्दै नेपाली काँग्रेस मदाने गाउँपालिकाका संयोजक थापाले अनेक किसिमको अबरोधका बावजुद पनि यो मोटरबाटोले पूर्णता पाउन लाग्दा आफुलाई अत्यन्त हर्षित लागेको बताउनुभयो । उहाँले पुल नहुदा खोलाबाट वारपार गर्दा यस क्षेत्रका ६ जना भन्दा वढिको ज्यान जानुको साथै १ दर्जन भन्दा वढि घाईते भएकोले यहाँ पुल बन्न लाग्दा यहाँका जनताले धरै राहत पाउने समेत बताउनु भयो ।
पूर्कोट पूर्व गाविस अध्यक्ष तथा समाजसेव िव्याक्ति पृथ्वी कँवरले विकासका कार्यक्रमलाई विवादका रुपमा नभई जनताले महसुस गर्नेगरी सहि ढङ्गले अघि बढाउनु पर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले यो क्षेत्रमा पुलको अति आवश्यक महसुस गरि पुल निर्माणमा सहयोग गरेकोमा तत्कालीन सरकार र नेपाली काँगे्रस गुल्मीका सचिव खिलध्वज पन्थीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
यस मोटरबाटो र पुलबाट यस क्षेत्रको समग्र आर्थिक र सामाजिक विकासमा धेरै पविर्तन हुने विश्वास यहाँका जनताले लिएका छन ।