यो पनि पढौ: गुल्मीमा जीत होईन अत्यधिक जीत: सुदर्शन
काठमाडौं, कार्तिक १२ । गुल्मी काठमाडौ सम्पर्क मञ्च र गुल्मी काठमाडौ संघिय जनसम्पर्क मञ्चको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै एमाले सचिव प्रदिप ज्ञवालीले टिका लगाउन मात्र बाँकी रहेको बताए ।
‘गुल्मीको सन्दर्भमा हामी हजारौँ मतले अगाडी छौँ’ उनले भने – ‘निर्वाचन नहुँदै विजयी घोषणा गरेर टिका लगाउन मात्र मिलेन नत्र विजय भईसक्यो ।’
उनले बाम गठबन्धनको शुरुवात स्थानीय चुनावमै गुल्मीबाट शुरु भएको भएपनि प्राविधीक कारणले पछि असफल हुन गएको बताए ।
‘त्यो बेला बैशाख ३१ मै गुल्मीको स्थानीय चुनाव भएको भए काँग्रेसको बिउ खोज्नुपथ्र्यो’ उनले भने ‘अव मत अन्तर बढाउनका लागि सबै मतदातालाई आह्वान गर्दछु ।’ -एकतान्युजबाट