gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा जीत होईन अत्यधिक जीत: सुदर्शन

यो पनि पढौ: पहिल्यै टिका लगाउन मिलेन, नत्र बिजय भईसक्यो: ज्ञवाली

काठमाडौं, कार्तिक १२ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदर्शन बरालले बाम एकता विकासको सुत्र भएको बताए । आईतवार गुल्मी काठमाडौ सम्पर्क मञ्च र गुल्मी काठमाडौ संघिय जनसम्पर्क मञ्चको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले यो कुनै पार्टीमा विलय नभई समाजवादी क्रान्तिको मोडल भएको बताए । उनले सिँगो गुल्मी जिल्लालाई बाम केन्द्र लाल किल्ला बनाएर देशलाई सन्देश दिनुपर्ने बताए ।

‘हामी गुल्मी जिल्लाका आम नेता कार्यकर्ताको विचमा त्यसरी जाने छौँ भन्ने विश्वास दिलाउन चाहन्छौँ’ उनले भने ‘जसरी तसरी जीतको कुरा होईन कि अत्यधिक मतले जीत्नुपर्छ भनेर प्रतिवद्धता जाहेर गर्नुपर्छ ।’ जिल्लाका ४ प्रदेश र २ संघिय निर्वाचन क्षेत्रमध्ये मध्ये २ प्रदेश क्षेत्र माओवादी र बाँकी ४ एमालेलाई परेकोेले सबैलाई विजयी बनाउन काठमाडौमा बस्नेहरुलाई सनदेश प्रवाह गर्नुपर्ने बताए ।
sudarshan baral
कार्यक्रममा एमाले केन्द्रिय सदस्य रामकुमारी झाँक्री, माओवादी केन्द्रिय सदस्य आर सि न्यौपाने, बुद्धि जिसी, गुल्मी काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष श्रीराम पाण्डे, गुल्मी काठमाडौं सघिय जनसम्पर्क मञ्चका अध्यक्ष शंकर भण्डारी लगायतले केन्द्रको तालमेल गुल्मीमा कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गरे । ‘गाउँ गाउँमा तालमेलको भाव पुगेन भने केन्द्रिय तालमेल प्रभावकारी नहुन सक्छ, त्यसैले गाउँ गाउँमा पु¥याउन हामी प्रद्धिवद्ध छौँ’ उनीहरुले भने ‘यहाँहरु सबै पनि त्यसैअनुसार लाग्नुपर्छ ।’ -एकता न्युज डट कमबाट

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D