gulminews logo
आईतवार, २०८१ बैशाख १६

परिवारले नै साङ्लाले बाँधेर राखेका एक युवा: राती पनी घर बाहिरै, उपचार गराउँदा सबै सम्पत्ती सकियो

सागर भण्डारी
गुल्मी, फाल्गुण २८ । शारीरिक अपाङ्गता भएका युवालाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका २ जिमी बेसीमा ३२ वर्षीय रेशम रानालाई परिवारले साङ्लाले बाँधेर नियन्त्रणमा राख्दै आएका हुन् ।

मानसिक तथा शारीरिक अवस्था कमजोर भएका रानालाई २ वर्षदेखि साङ्लाले बाँधेर राख्ने गरेको स्थानीयवासी बताउँछन् । शारीरिक अपाङ्गता भएका राना विगत १५ वर्ष देखि शारीरिक तथा मानसिक रोगी भएको परिवारले जनाएको छ ।

उनी हिँड्ने, डुल्ने गरेपनि परिवारकै आफन्तलाई समेत चिन्न सक्दैनन् । डोरी खोल्दिने वित्तिकै घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिन, भागेर महिना दिनसम्म घरमा नआउने तथा जसलाई पायो उसैलाई पिट्ने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको बुबा रेशबहार रानाले बताउनुभयो ।

उहाँका अनुसार रेशमले दिसापिसाब समेत तर्काउन नसक्ने भएका कारण बाँधेर राख्न थालिएको हो । उनलाई साङ्लो मै बाँधेर दिसा पिसाब गराउने गरेको बुवा रानाले बताउनुभयो । रातको समयमा समेत बाहिरै बोराले बारिएको स्थानमा उनलाई सुताउने गरिएको छ । “मलाई त बानी परी सक्यो घरमा पर पाहुना आउँदा सुताउन सकिँदैन् रात भरी छोरो चिच्याएर सुत्न दिँदैन”, बुवा रेश बहादुर रानाले भन्नुभयो ।

१२ वर्षको उमेरमा रोजगारीका लागि भारतको पञ्जाबमा पसेका उनी केही वर्ष राम्रै अवस्थामा रहेको र पैसा समेत पठाउने गरेपनि भारतबाट घर फर्केने क्रममा रेलको झ्यालबाट हाम फालेपछि अहिले यो अवस्था आएको उहाँले बताउनुभयो । उनलाई टिचिङ अस्पताल लगायतका अन्य अस्पतालमा उपचार गराएपनि अब त उपचार गराउँदा गराउँदै सम्पत्ती सकिएर अहिले उपचार गर्न नसक्ने अवस्था भएको बुबा रेश बहादुर रानाले बताउनुभयो । ठूलो अस्पतालमा छोराको उपचार गर्न पाए निको हुने आश भए पनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै बाँधेर वाध्य भएको उहाँले बताउनुभयो ।

“मान्छे नै चिन्दैन, मलाई समेत कति पल्ट कुटपिट गर्यो दाम्लोले नबाँधे त सम्हाल्नै सकिएन्” उहाँले भन्नुभयो । परिवारले सक्दो कोसिस त गरे अब आर्थिक अवस्था कमजोर भएकाले राम्रो ठाउँमा उपचार गराउन सम्भव भएन पहिले सानोमा त रेशम राम्रो थियो स्थानीय होसियार सिहं थापाले बताउनुभयो । कसैले साथ सहयोग गरे छोराको उपचार हुन्छकी भन्ने आशा अझै पनि मनमा रहेको बुबाको भनाई छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D