gulminews logo
बुधबार, २०८१ बैशाख १२

पक्राउ पुर्जी जारी भएका आरोपित गाउँमै डुल्छन, दुई महिना बित्दा पनि समातिएनन्

हुमाकान्त पोखरेल
गुल्मी, ०९ माघ । गुल्मीमा अदालतले पक्राउ पुर्जी जारी गरेको दुई महिना बितिसक्दा पनि आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिया नारायण पाध्या शर्मा चुँदालीलाई प्रहरीले अझैसम्म पनि पक्राउ गर्न सकेको छैन ।

आरोपित चुदालीविरुद्ध जिल्ला प्रहरी कार्यालय, गुल्मीमा गत मंसिर ८ गते मानव बेचविखन विरुद्धको मुद्धा दर्ता भयो । त्यसपछि पीडितको बयानका आधारमा जिल्ला अदालतले मंसिर १० गते उनको नाममा पक्राउ पुर्जी समेत जारी ग¥यो । तर आरोपित गाउँमै डुलेर बस्दासमेत प्रहरीले उनलाई पक्रन सकेको छैन । गत कात्तिक २६ गते चुँदालीले रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सारकी १७ बर्षिय बालिकालाई आफ्नो घर लगेका थिए ।

बालिका र चुँदाली नाताले साली भिनाजु पर्छन् । मंसिर १ गते भाइटिकापछि आफ्नो घर बलेटक्सार जानको लागि मोटरसाइकलमा हिँड्छन् । तर छत्रकोट गाउँपालिकाको चोँयगामा एक प्रकारको पेय पदार्थ खान दिएर गोरखपुर पु¥याएको पीडितको बयानमा उल्लेख गरिएको छ । बालिकालाई गोरखपुरको राज होटलमा ५ दिनसम्म करणी गरेको तथा बन्धक बनाएर राखेको पीडितको निवेदनमा उल्लेख गरिएको छ । शर्माविरुद्ध मानव बेचबिखनको मुद्धा दर्ता गरिएको छ ।

पीडितका बुबाले पीडक नारायण शर्मा गाउँ–घरमै डुलेर बस्दासमेत पहुँचको आधारमा प्रहरीले चासो नदिएको गुनासो गरे । यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठले अदालतबाट पक्राउ पुर्जी भइसकेको तथा आरोपित पत्ता लगाउन नसकेको प्रतिक्रिया दिए । एकपटक रुपन्देही तथा विभिन्न स्थानका प्रहरी चौकीहरुसँग समन्वय गर्दा समेत नभेटिएको प्रहरी प्रमुख श्रेष्टले बताए । कोही कसैले फेला पारेमा आफुहरुलाई खबर गर्न पनि उनले आग्रह गरे ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D