gulminews logo
मंगलवार, २०८१ बैशाख २५

धुर्कोटको कफी तनहुँको बन्दिपुर गापाका अध्यक्षलाई उपहार: धुर्कोट र बन्दीपुर गाउँपालिकाबीच भगिनी सम्बन्ध

तनहुँ, माघ २ । पहाडकी रानी उपनामले चिनिने तनहुँको बन्दीपुर गाउँपालिकाले गुल्मीको धुरकोट गाउँपालिकासँग भगिनी सम्बन्ध जोडेको छ । बन्दीपुर गाउँपालिकाले धुरकोट गाउँपालिकासँग पर्यटन प्रवद्र्धन र होमस्टे, तरकारी, कफी खेती विस्तारका साथै अनुभव आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध जोडेको हो।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा र गुल्मीको धुरकोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले एकापसमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध कायम गरेका थिए। बन्दीपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धन र धुरकोट गाउँपालिकाले हासिल गरेको उत्पादनका बारेमा अनुभव आदानप्रदान गरी स्वरोजगारका अवसर सिर्जना गर्ने विषयमा दुई पक्ष विच आपसी सहमति गरेका हुन्।

यसअघि नै बाग्लुङको ताराखोला गाउँपालिकासँग बन्दीपुर गाउँपालिकाको भगिनी सम्बन्ध गाँसिसकेको छ। सोही अवसरमा गुल्मीको धुर्कोटबाट ल्याइएको कफी बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापालाई उपहार स्वरुप प्रदान समेत गरिएको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D