gulminews logo
मंगलवार, २०८१ बैशाख २५

दिनेश विसी र शान्तीश्रीको आवाजमा मार्मिक गित ‘नेपाल आमा’ सार्बजनिक (भिडियो सहित)

काठमाडौं, माघ ११ । पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक दिनेश बिसी र शान्तिश्री परियारको आवाजमा मनै रुवाउने गीत ‘नेपाल आमा’ सार्बजनिक भएको छ ।

नेपाल बाहिर मलेसियालाई आफ्नो कर्म थलो बनाइरहनु भएका सर्जक तथा गायक दिनेश बिसीको नयाँ गीत सार्वजनिक भएको हो । बिसीले आफ्नो घर परिवारको लागि सपना बोकेर वैदेशिक रोजगारीमा गएका हेरक नेपालीहरुको कथा ब्यथालाई गीत मार्फत देखाउन खोजेको जनाएका छन् ।

नेपाली गीत संगीतलाई र आफ्नो देश नेपाल, जन्म भूमिलाई माया सम्मान गर्दै गीति यल्बम नेपाल आमा सार्बजनिक गरेको गायक बिसीले बताए । उक्त गीतमा चर्चित गायिका शान्तिश्री परियार र गायक दिनेश बिसीकै आवाज रहेको छ भने शब्द संगीत पनि गायक गायक दिनेश बिसीकै रहेको छ । गीत सुन्दा निकै मार्मिक छ भने जन्म दिने आमा तथा आफ्नो जन्म भूमिको कति माया हुन्छ र विदेशमा रहदा झन् धेरै महत्तो हुन्छ भन्ने कुरा शब्दमा सुन्न सकिन्छ।

‘नेपाल आमा’ भिडियोमा चर्चित कलाकार रमा थपलिया, रन्जिता गुरुङ, आशिर प्रताप जंग छेत्रीको अभिनय रहेको छ । भिडियोको निर्देशन शिब बिकले गरेका छन् भने छायाकंन अजय रेग्मीले गरेका हुन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D