gulminews logo
शनिबार, २०८१ बैशाख १५

अमित सुनारको नयाँ गीत “सुन क मायालु….” सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
गुल्मी, असौज ०४ । कलाकार अमित सुनारको नयाँ लोक दोहोरी गीत “सुन क मायालु….” सार्वजनिक भएको छ ।

नेपाली लोकदोहोरी क्षेत्रका गायक गायिका एचबिएन किस्मत र सपना घिमिरेको स्वरमा सुनारको गीत सार्वजनिक भएको हो । गीत आईतवार देखी सुनारको आफ्नै आधीकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

एचबिएन किस्मतको सäगित संयोजन रहेको गीतमा शब्द सुनार स्वंयको रहेको छ । गीतको कोरस भोकलमा प्रसाद खप्तरी मगर, हरी गिरी बिमर्सी, जुना मगर र एलिना चौहानले साथ दिएका छन् भने बाँसुरीमा रत्न बिक, सारंगीमा मनिष गन्दर्भ र गीतारमा सरोज बिष्टके साथ दिएका छन् ।

गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । अमित सुनारको परीकल्पनामा दिर्देशक बिशाल घिमिरेले निर्देशन गरेको भिडियोमा सुनार आफै र मोडल गीता ढुंगानाले अभिनय गरेका छन् । अनिल मानन्धरले खिछेको भिडियोमा अभिनाश मानन्धरले ड्रोन चलाएका हुन् । भिडियोको सम्पादन नबिन घर्ती मगरले गरेका छन् ।

गुल्मीको रिडी स्थित तीनमुखे पुल, अर्जेवाको झरना सहित शन्तिपुरका आसपासमा छाँयाङ्कन गरिएको भिडियोलाई दर्शकले मन पराईदिनेमा आफु ढुक्क भएको कलाकार अमित सुनारले बताए ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D