gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

दयाहाङ राई र स्वेता खड्काको फिल्म ‘कान्छी’ युटुबमा आयो, यहाँबाट हेर्नुहोस् पूरा फिल्म

नायिका श्वेता खड्का र नायक दयाहाङ राईको अभिनय रहेको चलचित्र ‘कान्छी’ युटबुमा सार्वजनिक गरिएको छ । गत वर्षको फाल्गुन ४ बाट देशब्यापी प्रदर्शमा आएको यस चलचित्र एक वर्षपछि मात्र युटुबमा सार्वजनिक भएको हो ।

चलचित्रमा दयाहंग र स्वेताका अलावा अनु शाह, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, नीर शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, रमेश अधिकारी, जयनन्द लामा आदि को पनि अभिनय रहेको छ ।

यस फिल्मको ‘चरी चट्ट परी’बोलको गीत एकदमै रुचाइएको थियो । यो चलचित्रलाई सांगीतिक रूपमा सवल बनाउन तीन स्थापित संगीतकारका गीत समावेश गरिएको छ भने यसमा चलचित्रमा राजनराज शिवाकोटी, अञ्जु पन्त, युवराज चौलागाईं, धर्मेन्द्र सेवान आदि गायक–गायिकाको पाश्र्व गायन छ ।

वसन्त श्रेष्ठको कोरियोग्राफीमा चलचित्रका गीतहरू आकर्षक बनेका छन् । जोससोम, मुस्ताङ तथा काठमाडौंमा छायांकन गरिएको यो चलचित्रको निर्माण अभिनेत्री श्वेता खड्का स्वयंले गरेकी हुन् । पुरुषोत्तम प्रधानद्वारा छायांकन गरिएको यो चलचित्रको कथा याम थापाले लेखेका हुन् ।

हेर्नुस् पुरा चलचित्र:


यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D