gulminews logo
शनिबार, २०८१ बैशाख १५

टिभी र युट्युवमा ‘कलेज लभ’

काठमाडौं, १२ माघ । फिल्म निर्देशक राजबहादुर साने निर्देशीत टेलिश्रृंखला तथा वेवसिरिज ‘कलेज लभ’ को टे«लर सोमबार सार्वजनीक गरिएको छ । प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रशारण हुने ‘कलेज लभ’ युट्युवमा चाहिँ केके प्रोडक्शन हाउसमार्फत ल्याइने छ ।

सार्वजनीक ट्रेलरमा कलेजमा हुने गरेको आकर्षण, प्रेम,करिअरप्रतिको चिन्तालगायतका बिबिध बिषय प्रस्तुत गरिएको छ । टेलिश्रृंखलामा सुशील पोखरेल, हिउँवाला गौतम, प्रिया रिजाल, सुजल बम, शिसिर राणा, नवीन केसी, सयुज राई, पवन भट्टराई, शुभम गौतम, टेक बम, मुस्कान बुढाथोकी, बिबस थापा, स्नेहा मगर, पूजा दर्नाल, अमृता थापा, आशा राई, सारा नेपाली, आकाश थापा, बिष्णु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

कुमार केसीको प्रस्तुत रहेको टेलिश्रृंखलालाई दिब्य सुवेदी र बीरेन्द्र परियारले खिचेका हुन् भने तारा थापा (किम्भे) ले सम्पादन गरेका हुन् । लेखक समेत रहेका निर्देशक साने ‘कलेज लभ’ ले कलेज युवायुवतीको सोच,शैली, प्रेमप्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तनलगायतका बिभिन्न बिषयलाई मनोरञ्नात्मक तवरले एकिकृत रुपमा प्रस्तुत हुने दावी गरेका छन् ।

हेरौ भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D