Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला अस्पताल तम्घास र धार्मिक क्षेत्र रेसुङ्गाको डिपिआर हुँदै - Gulminews

जिल्ला अस्पताल तम्घास र धार्मिक क्षेत्र रेसुङ्गाको डिपिआर हुँदै

टोपलाल अर्याल
गुल्मी, ९ असोज । जिल्ला अस्पताल तम्घासको स्तरउन्नती र रेसुङ्गा क्षेत्रको विकास लागि डिपिआर भैरहेको छ । भौतिक संरचनाको अभावमा जिल्ला अस्पताल समस्यामा छ । भने योजनाबद्ध विकास हुन नसक्दा ऐतिहासिक एवं धार्मिक क्षेत्र रेसुङ्गा आझेलमा परिरहेको छ ।

रेसुङ्गा नगरपालिकाले बार्षिक प्रगती सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर डिल्लीराज भुसालले केहि दिनदेखि प्राविधिकहरुको टोलीले जिल्ला अस्पताल तम्घास र रेसुङ्गाको डिपिआरको काम गरिरहेको बताए । डिपिआरको काम सकिएपछि आवश्यक बजेट बिनियोजनको लागि प्रदेश तथा केन्द्रिय निकायसंग समन्वय र छलफल भैरहेको भुसालले बताए ।

समस्या नै समस्याकाबिचका उपलब्धी
जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका मध्ये रेसुङ्गा नगरपालिका पुरानो नगरपालिका हो । तर यो नगरपालिकामा जनप्रतिनिधीबिचको राजनैतिक बैरभावले काम गर्न सजिलो छैन । पटक पटक बैठक र गाउँ सभा पनि अबरुद्ध भैरहन्छन् । धेरै मञ्जमा मेयरले नै मलाई काम गर्ने वातावरण बिपक्षिबाट भएन भनेर भाषण गरिरहेकै बेला सोलोडोलोमा काम भैरहेको पाइएको छ ।

नगरपालिकाले आर्थिक बर्ष ०७४÷०७५ मा गरेका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर नगरपालिकाले गत बर्ष सम्पन्न भएका काम र यस बर्ष गरिने र भावी योजनाका बारेमा जानकारी गराएको थियो । नगरपालिकाले नगरभित्रका सबै वडा कार्यालय स्थापना, सुचना प्रविधीको पहुँच र वडाबाटै सेवा प्रवाह गर्नु, नगरपालिकाको कार्यालय तथा शाखागत व्यवस्थापनमा महत्वपूर्ण प्रगति गरेको जनाएको छ ।

त्यस्तै तम्घास बजारको सडक तथा प्याचिङ्ग कार्य थालनी, बजार क्षेत्रको सरसफाई तथा फोहोर व्यवस्थापन गर्न ट्याक्टर खरिद गरेको छ । गत बर्षदेखि नगरपालिकाले कृत्रिम गर्भाधान र भकारो तथा खोर सुधार कार्यक्रम लागु गरेको नगरपालिकाका प्रवक्ता पदम प्रसाद पाण्डेयले जानकारी दिए । त्यस्तै विभिन्न योजनाको मर्मत तथा निर्माणतर्फ एक सय ४९ वटा मोटरबाटो निर्माण तथा मर्मत गरेको, ३३ वटा ढल निर्माण गरेको, ३५ वटा गोरेटो बाटो निर्माण, ८९ वटा खानेपानी योजना मर्मत, २० वटा सिँचाई योजना मर्मत तथा एउटा पक्की पुल निर्माण सम्पन्न गरेको पाण्डेयले बताए ।

त्यस्तै आर्थिक वर्ष २०७४÷७५मा ४० वटा लैङ्गीक तथा सामाजिक समावेशिकरणका कार्यक्रम सम्पन्न गरेको, २१ वटा आयआर्जन तथा सिप विकास कार्यक्रम, ७० वटा संस्कृति संरक्षणका क्षेत्रका ७० वटा काम भएको नगरपालिकाले जनाएको छ । त्यस्तै २९ वटा सामुदायिक भवनको मर्मत सम्भार गरेको र १९ वटा वातावरण तथा सरसफाइका कार्यक्रम गरिएको छ । मर्मत तथा निर्माणका योजना सम्पन्न गर्दा ९५% खर्च भएको नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले बताए ।

यो बर्ष कार्यान्वयनमा आउने महत्वपूर्ण योजनाहरु
रेसुङ्गा नगरपालिकाले आ.व. २०७५÷७६ का कार्यान्वयनमा आउने महत्वपूर्ण योजनाहरु पनि सार्वजनिक गरेको छ । जसमा एकीकृत नगर विकास योजना निर्माण, रेसुङ्गा पर्यटन क्षेत्र र तम्घास अस्पताल भवनको म्एच् तयार, मजेङ्गखोला खानेपानीको निर्माण प्रारम्भ,पधेराथरी सेतीखोली लिफ्टिङ्ग खानेपानी निर्माण, व्यवस्थित ल्याण्डफिल्ड साइड निर्माणलाई निष्कर्षमा पुराउने, नगरपालिकाको निर्माणाधिन भवन निर्माणकार्य सम्पन्न गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

त्यस्तै ट्राफिक व्यवस्थापन, सरसफाई तथा फोहोेर मैलाको थप व्यवस्थापन गरी आय आर्जन व्यवस्थापन, तम्घास बजारको प्याचिङ्ग कार्य पूरा गर्ने, नगरपालिकाभित्र प्रशासनिक तथा विकासात्मक गतिविधिमा सहजीकरण गर्न समस्या समाधान समिति गठन गर्ने योजना नगरपालिकाका रहेको नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।

नगरपालिकाका महत्वकांक्षी भावी योजना
रेसुङ्गा नगरपालिकाले केहि महत्वकांक्षी भावी योजना समेत अगाढी सारेको छ । नगरपालिकाले एकीकृत गुरुयोजना कार्यान्वयन, नगर पाश्र्वचित्र निर्माण,नगर भू उपयोग योजना निर्माण, फोहोर व्यवस्थापन केन्द्र स्थापना, आफ्नै कार्यालय भवन व्यवस्थापन, शैक्षिक सुधारको लागि शिक्षक सम्मेलन, स्वास्थ्य सुधारको लागि तम्घास अस्पताल आधुनिकीकरण, रेसुङ्गा क्षेत्रको गुरु योजना कार्यान्वयन पनि भावी योजना रहेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

तम्घास बजार क्षेत्रभित्र र वडा कार्यालयमा फ्रि वाईफाईको व्यवस्था, मन्त्रालयको समन्वयमा रोजगार सूचना केन्द्र स्थापना, भूकम्प—पीडितको लागि निजी आवास निर्माण, नगरभित्रका सडकको स्तरोन्नति, कृषि तथा पशु विकास कार्यक्रमलाई पकेट क्षेत्रको रुपमा विस्तार तथा विविधीकरण, खेलकुद विकासको लागि रंगशाला निर्माण र खेलकुद आयोजना, विपद व्यवस्थापन केन्द्र स्थापना योजना नगरपालिकाको रहेको मरासिनीले बताए ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D