gulminews logo
बिहीबार, २०८० चैत्र १५

जलाउन रिडी घाट पुर्याएर जिउँदै फर्काईएकी नर्मदाका श्रीमानले खुलाए यस्तो रहस्य (भिडियो)

काठमाडौं । अस्पतालवाट सिधै पाल्पाको रिडि घाटमा अन्तिमसंस्कारका लागी लगिएकी महिलाको अहिले फेरी अस्पताल सुरु गरिएको छ । झाडापखाला लागेर अस्पताल लगिएको महिलालाई मुटुको पनि समस्या देखिएपछि उनलाई आफन्तको आग्रहमा अस्पतालवाट बाहिर निकालिएको थियो । अक्सिजन लगाएर अस्पतालवाट बाहिर निकालिएकी महिलालाई अक्सिजनको पाइप शरिरवाट निकालेपछि मृत्यु भएको ठानेर घाट लगिएको थियो । तर घाटमा उनलाई अन्तिम संस्कारको तयारी गरिरहँदा उनले श्वास चलाएको थाहा पाएपछि उनलाई फेरी अस्पताल ल्याइएको छ । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ । उनका श्रीमान सुर्यचन्द्र ज्ञवालीले श्रीमतीको उपचार भइरहेको बताए ।

अहिले पनि श्रीमतीको उपचार सुरु भएपनि उनको आर्थिक अवस्था कमजोर भएका कारण समस्या भएको ज्ञवालीले बताए । उनले सबैसंग सहयोगको लागि आह्वान गरेका छन् । श्रीमानले आफु घाटमा जान नसकेका कारण घाटमा भएको घटनावारे थाहा नपाएको थाहा पाएनन् । गाउँमै बलवान महिला भनेर गनिएकी महिला एकैपटक बिरामी भएपछि उनका श्रीमान चिन्तामा पुगेका थिए । अहिले भने उनलाई आर्थिक समस्याले पिरोलेको छ ।

अस्पतालबाट दाहसंस्कारका लागि रिडी घाटमा पुर्‍याइएकी नर्मदा ज्ञवालीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृगौलाको डायलाशिस सुरू गरिएको छ ।रैनादेवी छहरा गाउँपालिका—१, सिद्धेश्वर असारे निवासी ३६ वर्षकी ज्ञवालीलाई सोमबार अन्तिम संस्कार गर्न भनेर रिडी घाटमा पुर्‍याइएको थियो । तर घाटमा अर्धजल दिने बेलामा उनी जिउँदो रहेको पत्ता लागेपछि तत्कालै रिडी प्राथमिक उपचार केन्द्रमा लगिएको थियो ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D