जनप्रतिनिधी र कर्मचारीका छोराछोरी नै निजीमा भर्ना भएको भन्दै विद्यार्थी संगठनको आपत्ति

हुमाकान्त पोखरेल
गुल्मी, ०९ वैशाख । जनप्रतिनिधी र कर्मचारीले नै आफ्ना छोराछोरी सामुदायिक विद्यालय छोडेर निजिमा भर्ना गराएको भन्दै रुरु गाउँपालिकाका विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।

सोमबार गाउँपालिकाको शिक्षा शाखामा ज्ञापन पत्र बुझाउदैँ उनीहरुले यस्तो कार्य तत्काल बन्द गर्न समेत आग्रह गरेका छन् । ‘अहिले चलिहरको भर्ना अभियानमा जनप्रतिनिधी र कर्मचारी सक्रियताका साथ लाग्नुभएको छ । तर उहाँहरुका छोराछोरी नै निजि विद्यालयमा भर्ना हुनु दुखद पक्ष हो’, ज्ञापन पत्रमा भनिएको छ ।

श्रृङ्गेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति किसन पाण्डे, अनेरास्ववियुका सुमित्रा अर्याल र अनेरास्ववियु क्रान्तिकारीका बालेन श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा यहि वैशाख ११ गतेसम्म उक्त कार्य सच्याउन पनि आह्वान गरिएको छ ।

यदि विद्यार्थी संगठनहरुको यो आग्रहलाई वेवास्ता गरे गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु अनिश्चितकालिन बन्द गर्ने पनि विद्यार्थी संठनहरुले चेतावनी दिएका छन् ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D