गुल्मी, माघ १७ । जिल्लाको मुसिकोट नगरपालिकाको २ र ३ तथा इस्मा गाउँपालिकाको १ र २ मा पर्ने निस्ति खोलाको कटान रोक्न ५ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले १५ लाख बजेट बिनियोजन गर्यो । दुवै स्थानीय तहमा जनप्रतिनिधिको रोहवरमा श्रीराम महतको अध्यक्षतामा खोला नियन्त्रण योजना उपभोक्ता समिति गठन भयो । तर, कार्यालयले त्यो समितिलाई थाहै नदिई अर्को समिति बनाएर कामको सम्झौता गरेका खुलासा भएको छ ।
कार्यालय र केही स्थानीयको मिलेमतोमा सोही योजनाको नक्कली नामाकरण गरी ‘ढाँडखोला निस्ति खत्रीकाटुडा’ तटबन्ध उपभोक्ता समिति गठन गरिएको छ । जसको अध्यक्ष यम बहादुर खत्री रहेका छन् । यो योजनाबाट करिब डेढ सय उपभोक्ता लाभाम्वित हुने छन् । यस उपभोक्ता समितिमा तीन जना स्थानीयसहित बाहिरका मान्छे रहेका छन् ।
हेरौँ जनता टेलिभिजनको लागि हुमाकान्त पोख्रेलले तयार पारेको भिडियो रिपोर्ट: