gulminews logo
मंगलवार, २०८१ बैशाख ११

छोरा बिदेश बुहारी मधेस, बृद्वा आमा बृद्घाश्रम: छोरासँग भेट त परै जाओस्, फोन नभाकै ६-७ बर्ष भयो (कारुणिक कथा)

अप्डेट (२७ साउन बेलुका ७ बजे) : ति बृद्वा आमासँग गरेको कुराकानी रबिलाल पौडेलले आफ्नो युट्युब च्यानलबाट हटाएका छन् । ति आमाकी नातिनी सहित परिवारका अन्य सदस्यले ति आमाले बोलेका कुरा झुटा हुन्, त्यो आरोप मात्र भयो भने पछी आफुले भिडियो हटाएको रबिलाल पौडेलले बताएका छन् । तर के ति आमाले संच्चिकै झुटो बोलेकी हुन ? यदी झुटो बोलेकी हुन् भने किन झुटो बोलिन् ? वास्तविकता के हो? यस बिषयमा आफुले छिट्टै फलोअप रिपोर्ट तयार पार्ने पौडेलले बताएका छन् ।

यो हेर्नुस् अर्को भिडियो ।

सन्जु काउछा
८४ गर्ने उमेरकी एउटी आमा । दमको रोग छ । श्रीमान् उहिल्यै बितेर गए, ४० बर्ष बढी भईसकेछ । छोरा बुहारी नभएका हैनन्, छोरीहरु पनि नभएका हैनन् तै पनि ८२ बर्षको उमेरमा ति आमा बृद्घाश्रमको चिसो भुँईमा आफ्ना जीवनका उत्तरार्धका समय बिताउँदैछिन् ।

छोरीहरु त बिहे गरेर घर गरी खान लागे, भएको एक्लो छोरा र बुहारी बुढेसकालको साहरा बन्लान भन्ने ठुलो आशा थियो ति आमालाई । तर भईदियो ठीक उल्टो यो उमेरमा छोरा बुहारीले हेरचाह गर्ने कुरो त परै जाओस घरमा बस्न पनि दिएनन् । आफुले जन्म दिएको छोरासँग भेट त परै जाओस् फोनमा नबोलेको पनि ६-७ बर्ष भईसक्यो । कठै ! ति आमाको कारुणिक जीवन कथा । गुल्मी जिल्ला सत्यवती गाउँपालिका जोहाङ घर भई हाल रुद्राबेणी स्थित बृद्घाश्रममा बसिरहेकी एक आमाको जीवन कथा सुन्दा नरुने को होला ?

आमा अब घर गएर छोरा बुहारीसँग बस्न मन छैन भन्ने प्रश्नमा बरु कालिगण्डकीमा हाम फालेर मर्छु छोराबुहारीसँग फर्केर जान्न भनेको सुन्दा झन् भावुक बनाउँछ । नाति-नातिना, पनाति-पनातिना खेलाउँदै छोराबुहारीसँग रमाउनुपर्ने आमा बृद्घाश्रममा बसेर काल पर्खिरहेको खबर सुन्दा सबैको मन निचोरिएर आउँछ ।

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D