gulminews logo
शनिबार, २०८१ बैशाख ८

चन्द्रकोट गाउँपालिकाले माग्यो १० जना कर्मचारी, यसरी अप्लाई गर्न सकिन्छ

सन्जु काउछा
साउन २९ । गुल्मी जिल्ला स्थित चन्द्रकोट गाउँपालिकाले बिभिन्न १० पदमा कर्मचारी माग गरेको छ । गाउँपालिकाको कार्यालयले आज एक बिज्ञप्ती जारी गर्दै आठौँ तह सम्मका बिभिन्न १० पदका लागि दरखास्त आह्वान गरेको हो । गाउँपालिकाले माग गरेको पदहरुमा मेडिकल अधिकृत, स्टाफ नर्स, बर्थिङ अनमी, अ.हे.व/अ.न.मी र कम्प्युटर अपरेटर रहेका छन् ।

शान्तिपुर स्वास्थ्य चौकीको लागि १ जना मेडिकल अधिकृत र १ जना स्टाफ नर्सको माग गरिएको छ । मान्यता प्राप्त शैक्षिक सँस्थाबात एमबिबिएस उत्तिर्णले आठौँ तहको मेडिकल अधिकृतको पदमा आवेदन दिन सक्नेछन् जस्को दरखास्त दस्तुर १ हजार रुपैँया तोकिएको छ । त्यस्तै पाँचौ तहको स्टाफ नर्स पदको लागि दरखास्त दस्तुर ५ सय रुपैँया तोकिएको छ । दुई वटै पदमा करारमा कर्मचारी मागिएको गाउँपालिकाले जनाएको छ । बिशुखर्क र रुपाकोट स्वास्थ्य चौकीको लागि एक एक जना बर्थिक अनमीको लागि आवेदन मागिएको छ ।

त्यस्तै ईन्द्रचोक, मगरगाउँ, खादिकोट र सोतामा रहेका स्वास्थ्य ईकाईहरुको लागि पनि १-१ जना अ.हे.व./अ.न.मी तथा वडा नं ३ र ४ का लागि २ जना कम्प्युटर अपरेटरको लागि आवेदन खुल्ला गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबै पदहरु करारमा पुर्ती गर्ने गरी बिज्ञापन निकालेको हो ।

कसरी अप्लाई गर्ने ?

माग गरिएका पदहरुमा योग्यता पुगेका जो कोहीले आवेदन दिन सक्नेछन् । आवेदकको उमेर हद १८ बर्ष देखी ३५ बर्ष बिच तोकिएको छ । महिलाको हकमा भने अधिकतम ४० बर्ष सम्मकाले निवेदन दिन सक्ने र सेवा सुविधाको हकमा भने गाउँपालिकाको नियमअनुसार गरिने जनाईएको छ ।
इच्छुक निवेदकहरुले १५ दिन अर्थात भदौ ११ गते भित्र गाउँपालिकाको कार्यालय वा वडा कार्यालय मार्फत निवेदन दिन सकिनेछ । गाउँपालिकाले मागेका पदहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पदपुर्ती गर्ने जनाएको छ ।

यो पनि पढ्नुस्

district hospital gulmi

गुल्मी जिल्ला अस्पतालले माग्यो ठुलो संख्यामा स्वास्थ्य कर्मचारी, कती हुन्छ तलब सुबिधा ? हेर्नुस्

सन्जु काउछाकार्तिक २७ । गुल्मी जिल्ला अस्पतालले करार सेवाको लागि ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D