gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

कोरोना कहरकाबीच गुल्मीमा १२ हजार बढीले दिए रोजगारका लागि आवेदन

गुल्मी, २१ मंसिर । कोरोना कहरकाबीचमा गुल्मीका १२ हजार बढीले रोजगारका लागि आवेदन दिएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण धेरैले रोजगार गुमाएर गाउँ फर्किएका छन् । यसबीचमा जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरि १२ वटै स्थानीयतहहरुमा १२ हजार १ सय ७१ जना बेरोजगारहरुले स्वरोजगारका लागि आवेदन दिएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाका स्थानीयतहरुले आवेदन माग गरेका थिए । गएको भदौ सात गते देखि असोज २० गतेसम्ममा त्यस संख्यामा आवेदन परेको स्थानीयतहका रोजगार संयोजकहरुले जानकारी दिएका छन् ।

आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १९ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउँने व्यवस्था गरिएको थियो । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्ने व्यवस्था मिलाईएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको रेसुङ्गा नगरपालिकामा ८ सय ५० जना बेरोजगार सूचिकृत भएका छन् । आर्थिक वर्ष २०७७र०७८ का लागि नगरपालिकामा उक्त संख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचिकृत गरिएको रोजगार संयोजक सन्तोष पन्तले जानकारी दिनुभयो ।

यहाँ २ सय २७ जना भन्दा बढीलाई यस आर्थिक वर्षमा रोजगार प्रदान गरिने पन्तले बताए ।मुसिकोट नगरपालिकामा एक हजार ५८ जना बेरोजगार सूचिकृत भएका छन् । त्यस संख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचिकृत गरिएको नगरपालिकाले जनाएको छ ।

र्ईस्मा गाउँपालिकामा ७ सय १४ जना बेरोजगार सूचिकृत भएका छन् । त्यस संख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचिकृत गरिएको रोजगार संयोजक गणेश कुँवरले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा त्यस गाउँपालिकामा १ सय ९५ भन्दा धेरैले रोजगार प्राप्त गर्ने कुँवरले बतानुभयो ।

धुर्कोट गाउँपालिकामा १ हजार ९ सय २७ जना बेरोजगार सूचिकृत भएका रोजगार संयोजक मिना सुनार श्रीपालीले जानकारी दिनुभयो । त्यस गाउँपालिकामा ७ वटा वडा रहेका छन् । यस आर्थिक वर्षमा प्रत्येक वडाबाट ५० जनाको दरले रोजगार पाउने उनले बताईन् । अति विपन्न, दलित, गरिब, एकल महिला, अपाङ्ग, वैदेशिक रोजगार गुमाएका व्यक्तिलाई बिशेष प्राथमिकता दिईने श्रीपालीले बतानुभयो ।

मालिका गाउँपालिकामा १ हजार ५ सय ५० जना बेरोजगार सूचिकृत भएका रोजगार संयोजक खेमराज गैरेले जानकारी दिनुभयो । उनका अनुसार ३ सय ६ जनाले यस आर्थिक वर्षमा रोजगार पाउने छन् । बेरोजगार भएको एक वर्षभित्रमा न्यूनतम रोजगार प्राप्त नगरेको, स्वरोजारमा संलग्न नभएको, सरकारले तोके भन्दा कम आय–आर्जन भएकोलाई गाउँपालिकाले बिशेष प्राथमिकता दिने उहाँले बताउनुभयो ।

मदाने गाउँपालिकामा १ हजार ३ सय ७५ जना बेरोजगार सूचिकृत भएका रोजगार संयोजक रमिता केसीले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा त्यस गाउँपालिकामा २ सय ९५ जनालाई रोजगार प्रदान गरिने उहाँले बताउनुभयो । त्यस गाउँपालिकाले वैदेशिक रोजगार गुमाएका, रोजगारको खोजीमा रहेका, गरिब, विपन्नलाई प्राथमिकता राखेको केसीले जानकारी दिनुभयो । आम्दानीको आधारमा आधारमा न्यूनतम १ सय दिनका लागि रोजगार प्रदान गरिने छ ।

गुल्मीदरबार गाउँपालिकामा ६ सय ६५ जना बेरोजगार सूचिकृत भएका रोजगार संयोजक निर्मला पाण्डेले जानकारी दिनुभयो । उनका अनुसार यस आर्थिक वर्षमा १सय ८५ जनाले रोजगार प्राप्त गर्नेछन् । छत्रकोट गाउँपालिकामा ८ सय ६९ जना बेरोजगार सूचिकृत भएका रोजगार संयोजक शोभा श्रेष्ठले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा २ सय ६ जनाले रोजगार प्राप्त गर्नेछन् । गाउँपालिकाले अति विपन्न, एकल महिला, गरिब, दलित तथा रोजगार गुमाई बेरोजगार भएकालाई बिशेष प्राथमिकतामा राखेको श्रेष्ठले जानकारी दिनुभयो ।

रुरु क्षेत्र गाउँपालिकामा १ हजार १ सय २२ जना बेरोजगार सूचिकृृत भएका रोजगार संयोजक करुणा पन्थीले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा २ सय ४ जनाले रोजगार प्राप्त गर्ने पन्थीले बताउनुभयो । सत्यवती गाउँपालिकामा ९ सय २७ जना बेरोजगार सूचिकृत भएका रोजगार संयोजक सुभाष आर्चायले जानकारी दिनुभयो । कालीगण्डकी गाउँपालिकामा ४ सय ७३ जना बेरोजगार सूचिकृत भएका प्रशासन शाखाका पुण्य आर्चायले जानकारी दिनुभयो । चन्द्रकोट गाउँपालिकामा ६ सय ४१ जना बेरोजगार सूचिकृत भएका रोजगार संयोजक यज्ञमूर्ति न्यौपानेले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा १ सय ८६ जनाले रोजगार प्राप्त गर्ने उहाँले बताउनुभयो । -रेडियो रेसुंगाबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D