gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी जिल्ला अस्पतालले माग्यो ठुलो संख्यामा स्वास्थ्य कर्मचारी, कती हुन्छ तलब सुबिधा ? हेर्नुस्

सन्जु काउछा
कार्तिक २७ । गुल्मी जिल्ला अस्पतालले करार सेवाको लागि ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग गरेको छ ।

गुल्मी जिल्ला अस्पतालले गत मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्यका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । गाइनोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, फार्मेसी सुपरभाइजर, ल्याब टेक्निसियन, एनेस्थेसिया सहायक, रेडियोग्राफर, अहेब गरी १३ जना कर्मचारी माग गरेको हो ।

“यस गुल्मी अस्पताल तम्घासको लागि तपाँसल बमोजिमका पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा करार सेवामा लिई पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ” अस्पतालद्वारा जारी बिज्ञप्तीमा भनिएको छ, “तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले ७ मसिंर सम्म यस कार्यालयमा दरखास्त पेश गरिसक्नुपर्नेछ ।” म्याद नाघी आएको वा रित नपुगेको दरखास्त उपर कुनै कारबाही नगरिने सुचनामा जनाईएको छ ।

कुन पदमा कती जना कर्मचारी आवश्यकता?

गाइनोलोजिष्ट (नवौँ तह) १ जना
मेडिकल अधिकृत (आठौँ तह) २ जना
स्टाफ नर्स (पाँचौ तह) ३ जना
फार्मेसी सुपरभाइजर (पाँचौ तह) १ जना
ल्याब टेक्निसियन (पाँचौ तह) २ जना
एनेस्थेसिया सहायक (पाँचौ तह) १ जना
रेडियोग्राफर (पाँचौ तह) १ जना
अ.हे.ब (चौथो तह) २ जना
जमा १३ जना कर्मचारी ।

आवेदन शुल्क कती लाग्छ ?

लिखित र अन्तर्वार्ता मार्फत पद्पुर्ती गर्न लागिएको चौथो तहको लागि ३०० रुपैँया, पाँचौं तहको लागि ५०० रुपैँया, फार्मेसी सुपरभाइजरको लागि ५०० रुपैँया र आठौं तहको लागि १ हजार रुपैँया र नवौँ तहको लागि १ हजार २ सय रुपैँया दरखास्त दस्तुर लाग्नेछ ।

दरखास्त फाराम गुल्मी अस्पताल तम्घासमा पाइने र रित पुरा गरी भरिएको आवेदन पनि गुल्मी अस्पताल तम्घासमा बुझाउन सकिनेछ ।

क-कस्ले आवेदन दिन सक्छन् ?

जिल्ला अस्पातलले मागेका बिभिन्न पदहरुमा शैक्षिक योग्यताका अलावा निम्नानुसार योग्यता पनि तोकिएको छ:
उम्मेदवारको उमेरको हद : २०७८/०८/०७ सम्म चौथो तह , पाँचौं तह र फा.सु.को लागि १८ वर्ष उमेर पुरा भै ३५ वर्ष ननाधेको र महिला तथा
अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको । आठौं र नबौं तहको लागि २१ वर्ष उमेर पुरा भई ३५ बर्ष ननाघको ।

तलब सुविधा कती हुन्छ ?

गाइनोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, फार्मेसी सुपरभाइजर, ल्याब टेक्निसियन, एनेस्थेसिया सहायक, रेडियोग्राफर, अहेब गरी १३ जना कर्मचारीको मासिक तलब तथा सेवा सुविधाहरु आफ्सी सम्झौता अनुसार तय गर्ने सुचनामा जनाईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D