gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मी अस्पातलले खुलायो ६ पदमा जागिर, एस.एल.सी पासलाई पनि अवसर

सन्जु काउछा
भदौ ०६ । गुल्मी अस्पातल तम्घासले बिभिन्न ३ पदमा ६ जना कर्मचारी माग गरेको छ । गुल्मी अस्पतालका बिभिन्न फाँटमा रिक्त रहेका पदहरु पुर्ती गर्ने उद्देश्यले आवश्यक जनशक्तीको सेवा करारमा लिन सुचना निकालिएको अस्पतालले जनाए छ । कार्यालयले आज आवश्यकता सम्बन्धी एक सुचना निकाल्दै रिक्त रहेका पदका लागि दरखास्त आह्वान गरेको हो । अस्पातलले माग गरेका पदहरुमा सहायक कम्प्युटर अपरेटर, अनमी र फार्मेसी सुपरभाईजर रहेका छन् ।

यो पनि पढ्नुस्: चन्द्रकोट गाउँपालिकाले माग्यो १० जना कर्मचारी, यसरी अप्लाई गर्न सकिन्छ

गुल्मी अस्पताल तम्घासमै कार्यक्षेत्र रहने गरी १ जना फार्मेसी सुपरभाईजर, ३ जना अनमी र २ जना सहायक कम्प्युटर अपरेटरको माग गरिएको छ । मान्यता प्राप्त शैक्षिक सँस्थाबाट डिप्लोमा ईन फार्मेसी गरी फार्मेसी परिषदमा दर्ता भएकाले फार्मेसी सुपरभाईजर पदमा आवेदन दिन सक्नेछन् भने मान्यता प्राप्त शैक्षिक सँस्थाबाट अनमी कोर्स उत्तिर्ण गरी नेपाल नर्सिङ परिषदमा दर्ता भएका आवेदकले अनमी पदको लागि आवेदन दिन सक्नेछन् । अनमीको लागि एसबिए तालिम लिएकालाई बिशेष प्रार्थमिकता दिने पनि अस्पतालले जनाएको छ ।
त्यस्तै सहायक कम्प्युटर अपरेटरको लागि कम्तिमा एसईई वा सो सरह उत्तिर्ण गरी कम्प्युटर सम्बन्धी कोर्समा कम्तिमा ३ महिना तालिम गरेको हुनु पर्ने बताईएको छ । सबै पदहरुको दरखास्त दस्तुर स्वरुप ४ सय रुपैँया राजश्व शुल्क तोकिएको छ ।

यही बर्षको फागुन मसान्त सम्मको लागि कारारमा पदपुर्ती गर्न लागिएका पदहरुमा योग्यता पुगेका जो कोहीले आवेदन दिन सक्नेछन् । आवेदकको उमेर हद १८ बर्ष पुगी ४५ बर्ष ननाघेको हुनुपर्ने बताईएको छ । इच्छुक निवेदकहरुले ७ दिन अर्थात भदौ १३ गते भित्र निवेदन दिईसक्नुपर्नेछ ।

यो पनि पढ्नुस्

district hospital gulmi

गुल्मी जिल्ला अस्पतालले माग्यो ठुलो संख्यामा स्वास्थ्य कर्मचारी, कती हुन्छ तलब सुबिधा ? हेर्नुस्

सन्जु काउछाकार्तिक २७ । गुल्मी जिल्ला अस्पतालले करार सेवाको लागि ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D