gulminews logo
शनिबार, २०८१ बैशाख २२

घाइते हुनेगरी विद्यार्थी कुट्ने शिक्षक पक्राउ

रुपन्देही, पुष २० । रूपन्देहीकाे सम्मरीमाई गाउँपालिका–६ मर्चवारमा विद्यार्थी कुट्ने शिक्षक पक्राउ परेका छन् । विद्यार्थीलाई पिटेर घाइते बनाएका शिक्षक शैलेन्द्र बराईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

परिवारको उजुरीका आधारमा पक्राउ गरिएको मर्चवार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पोषडराज ढकालले उज्यालोलाई जानकारी दिनुभयो । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मा रहेको ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने तौफिक धुनिया, शिक्षक शैलेन्द्र बराईको कुटाइबाट घाइते भएका परिवारले आरोप लगाएको छ ।

कुटाइ खाने १० वर्षको बालकको बायाँ आँखामा गम्भीर चोट लागेको छ । तौफिकका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार संभव नभएपछि भैरहवामा रहेको मेडिकल कलेजमा ल्याएको बताउनुभयो ।

प्रधानाध्यापक सुरेन्द्र बराईले भने विद्यार्थीमाथी कुटपिट नभएको दावी गर्नुभएको छ । घटना गएको बुधबार भएको हो । -उज्यालो अन्लाईनबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D