gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गोकर्ण बिष्टले फेरि जिल्ला पठाए स्वास्थ्य सामग्री

टोपलाल अर्याल
गुल्मी, २७ जेठ । पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले जिल्ला स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना संक्रमणको सुरु भएदेखि जिल्लाको निरन्तर चासो दिइरहेका बिष्टले दोस्रो पटक कोरोना संक्रमण बिरुद्ध प्रयोग गरिने स्वास्थ्य सामग्री जिल्ला पठाएका हुन् ।

गुल्मीन्युजसंग कुरा गर्दै बिष्टले लकडाउन र संक्रमण बृद्धि भइरहेकाले आफु जिल्ला आउन सक्ने स्थिती नभएपनि आम नागरिकको स्वास्थ्य अवस्था र यो बिपद्को बिषयमा चासो लिने र काठमाण्डौबाट सहयोग गर्ने काम भइरहेको बताए । उनले स्वास्थ्य सामग्री सहयोग मात्रै नभएर क्वारेन्टाइनमा बसेकाहरुको प्रभावकारी परिक्षणकै बिषयमा पनि निरन्तर छलफल र समन्वय भइरहेको बताए । जिल्लाका १२ स्थानीय तह, गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय र पत्रकार महासंघलाई पिपिइ, सेनिटाइजर, माक्स र थर्मल गन लगायतका सामग्री पठाएको बिष्टका स्वकीय सचिव रमेश काउछाले बताए ।

११ हजार पाँच सय पिस कटन माक्स, एम डब्लु माक्स पाँच हजार पिस, पन्जा पाँच हजार जोडी, के एन नाइन्टी फाइभ माक्स एक सय ५० पिस, थर्मन गन ७२ पिस, पिपिइ ३५ सेट, सेनिटाइजर पाँच सय मिलिलिटर १४ पिस, सेनीटाइजर स्टायाण्ड १६ पिस पठाइएको काउछाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय मार्फत प्राप्त सामग्री प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले मंगलबार सवै स्थानीय तह र अन्य संघ–संस्थालाई प्रदान गरेका छन् ।

सामग्री प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले जनप्रतिनिधीहरुको सहयोग र सद्भाव आफुहरुले यो बिपद्मा पाइराखेको बताए । ‘पुर्व मन्त्री गोकर्ण बिष्टबाट दुई–दुई पटकसम्म ठुलो परिणाममा प्राप्त स्वास्थ्य सामग्री स्थानीय तह र संघ–संस्थालाई प्रदान गर्न पाएकोमा खुसी छु’, उनले भने, ‘नागरिकले वास्तवमा जनप्रतिनिधीको भूमिका समस्यामा महसुस गर्न पाउनुपर्छ ।’ उनले गुल्मी जिल्लाका मन्त्री, सांसद, अन्य व्यक्ति र संस्थाहरुको सहयोग उदाहरणीय भएको बताए । गत चैत्र तेस्रो साता पनि सांसद बिष्टले स्थानीय तहहरुमा एक सय ८० सेट पिपिई, ८० थान सेनिटाइजर, १५ थान ठुलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद पठाएको नेकपाका नेता गणेश श्रीपालीले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D