gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी–अर्घाखाँची जोड्ने रैया खोलामा पक्कि पुल, रेसुङ्गा बिमानिस्थलसँग अर्घाखाँची थप नजिक

हुमाकान्त पोखरेल
गुल्मी, असार १ । गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड नम्बर १० र अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ को बिचमा पर्ने रैया खोलामा पक्कि पुलको निर्माण गरिएको छ । कुल ३५ लाखको लागतमा दुई बर्षमा उपभोक्ता समितिमार्फत पुलको निर्माण गरिएको हो । पुल निर्माण भएसँगै दुवै जिल्लावासिलाई ओहोर–दोहोर गर्न सहज भएको छ ।

भने छत्रदेव गाउँपालिकाबासिले पनि रेसुङ्गा बिमानिस्थलको प्रयोग गर्न पाउने भएका छन् । पुलको शुक्रबार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाल र छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उपभोक्ता समितिद्धारा पुल निर्माण चुनौतिपूर्ण

उद्घाटन समारोहलाई सम्बोधन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर भुसालले पक्कि पुलले गुल्मी र अर्घाखाँचिबिच मितरी साइनोको जस्तै काम गर्ने बताए । सबै ठाउँमा ठेकेदारले काम लिने र नगर्ने प्रवृत्तिलाई यस कामले भने चुनौति दिएको उनले बताए । ‘दुई बर्षमै उपभोक्ता समितिले पक्कि पुल बनाउनु चानचुने कुरा होइन ।’ उनले भने, ‘विकासमा जनसहभागिता आवश्यक छ ।’

उनले सबै छिमेकी जिल्लाहरुसँग मित्रतापूर्ण सम्बन्ध कायम राख्दै विकासका काममा मिलेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे । ‘विकासका काममा हामी सधै हातेमालो गर्न चाहान्छौ, हातमा हात र साथमा साथ दिन तयार छौ ।’ मेयर भुसालले भने, ‘सहकार्यबिना विकास असम्भव छ ।’ उनले आफू जनताको समस्यासँग नजिक रहेको भन्दै प्रत्येक विकासका कामहरुलाई द्रुतदरमा अगाडी बढाउने समेत आश्वासन दिए ।

अर्घाखाँची रेसुङ्गा बिमानिस्थलसँग नजिक

त्यस्तै छत्रदेव गाउँपालिकाका अध्यक्ष पोखरेलले त्यस पुलले सबैभन्दा बढी छत्रदेव गाउँपालिकाको आर्थिक विकासको ढोका खुलेको बताए । रैया खोला पुलमार्फत सिधै रेसुङ्गा बिमानिस्थलमा जान सकिने भएकोले छत्रदेव बासिले पुलको बढी उपयोग गर्ने उनले बताए ।

‘पुलले गर्दा अर्घाखाँचीले पनि रेसुङ्गा बिमानिस्थलसँगको दुरी अझ धेरै छोट्याएको छ ।’ उनले भने, ‘विकासका काममा हातेमालो तयार छौ ।’ उनले पनि रेसुङ्गा नगरपालिकासँग विकासमा सधै एक हुन चाहेको पनि प्रष्ट पारे । त्यसका साथै रेसुङ्गा नगरपालिका र छत्रदेव गाउँपालिका जोड्ने दुई वटा पुलको समेत सर्वे भइसकेको जानकारी दिए ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D