gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा सोलार लिफ्टिङ्गबाट पानी झारियो

टोपलाल अर्याल
गुल्मी, १६ पुस । गुल्मीमा सोलार लिफ्टिङ्गबाट पानी तानिएको छ । चेक्मीको खालाचौरबाट ८० मिटर उचाईमा सात सय मिटर माथी डाँडोमा पानी तानिएको रेसुंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष गन बहादुर गुरुङ्गले बताए । परियोजना सफल भएपछि सोहि स्थानका एक सय ५० घरले सहज रुपमा सिंचाई गर्न पाउने उपभोक्ता समितिका सचिव गोपाल केशीले बताए ।

बिना व्याट्रि सोलारका पाता मार्फत पानी तान्ने यो प्रविधी देशमा धेरै स्थानमा उपलब्धिमुलक रहेको प्राविधिक सुरेश राहुतले बताए । यो संचालन गर्न एक हप्ताको समय लाग्ने उनले बताए । यो प्रविधीलाई स्थानीयले जतन गरे पाँच बर्षसम्म केहि नहुने प्राविधिक राहुतले बताए ।
solar water lifting gulmi
‘सोलार सिस्टम भएकाले बिग्रने सम्भावना कम हुन्छ तर पनि संरक्षण हुनुप¥यो,’उनले भने,‘ पाँच बर्ष मेसिनकै ग्यारेन्टी हुन्छ ।’स्थानीयको ३ लाख साझेदारी गरी २५ लाखमा उक्त सिचाई परियोजनाको सफल परिक्षण गरिएको उपभोक्ता समिति अध्यक्ष दुर्गा मरासिनीले बताए । अझै पोखरी मर्मत तथा बितरणको काम बाँकी भएकाले लागत बढ्न सकिने मरासिनीले बताए । चेक्मी गाउँमा पुगेर सो योजनाको उद्घाटन गरेका गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले जिल्लाका अरु ४० देखि ५० स्थानमा खानेपानी तथा सिचाईका निम्ती सोलार लिफ्टिङ्ग संचालन गर्ने बताए ।

‘पानी खस्दा मात्र सफलता नठान्नुस, म यो गाउँमा तरकारी फलेको हेर्न चाहन्छु,‘ उनले भने,’ परियोजनाको संरक्षण पनि तपाईहरुको कर्तव्य हो ।’ उनले जिल्लामा अबको पाँच बर्ष खानेपानी, सडक र बिजुलीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । साना समस्याका लागि स्थानीय निकायहरु भएकाले ठुला समस्याहरुका लागि आफु संधै जनाताका पक्षमा रहेको बिष्टले प्रतिक्रिया दिए । ‘चुनावका बेला जनता समक्ष गरेका बाचा पुरा गर्ने दिन शुरु भए,’उनले भने,‘ सरकार गठनपछि त्यो काममा सक्रिए भएर लाग्छौ ।’

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D