हुमाकान्त पोख्रेल
गुल्मी । गुल्मीको इश्मा गाउँपालिका –५ इश्मा रजस्थलका ३७ वर्षीय एक व्यक्तिले आफ्नै १० वर्षीया छोरीलाई २ असोजमा यौन दुव्र्यवहार (अप्राकृतिक मैथुन) गरे । धुर्कोट गाउँपालिका–६ रजस्थलका ३५ वर्षीया एक व्यक्तिले ५२ वर्षीया आफ्नै काकीलाई ९ मंसिरमा बलात्कार गरे । त्यस्तै, धुर्कोट गाउँपालिका–५ मा २६ वर्षीय दाजुले १६ वर्षीया बहिनी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।
यो पनि पढ्नुस्: “एउटै लाम्टा चुसेको दाजुले जब मलाई घरमै बलात्कार गर्यो”
यो पनि पढ्नुस्: काकीलाई बलात्कार प्रयास पछी भाग्दा लडेर करङ भाँचियो
मालिका गाउँपालिका–७ का ७० वर्षीय हजुरबुबाले १३ वर्षीया नातिनीलाई २६ पुसमा बलात्कार गरी फरार भए । प्रहरीका अनुसार आरोपितले बालिकालाई धम्की दिँदै पटकपटक बलात्कार गर्दै आएका थिए ।
बालिकाले आफ्नो बुबालाई घटना बताएपछि बल्ल प्रहरीकोमा १३ माघमा उजुरी प¥यो । बलात्कारपछि भागेर भारतको आसाममा बस्दै आएका उनलाई आफन्तको सुराकीको आधारमा घर फर्कँदै गर्दा प्रहरीले २४ माघमा तम्घासबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए ।
जिल्लामा बलात्कार गर्नेहरूको तथ्यांक हेर्दा पछिल्लो समय परिवार असुरक्षित बन्दै गएको छ । भर्खरै ७० वर्षे हजुरबुबाले १३ वर्षीया नातिनी बलात्कार गरे । बलात्कारका घटनाले सिंगो घरपरिवार र समाज असुरिक्षत बन्दै गएको महिला अधिकारकर्मी हिरा कुँवरले बताइन् । जिल्लामा ६ वर्षीया बालिकादेखि ८८ वर्षीय वृद्धा बलात्कृत भए । इस्मा दर्लामचौरका एक युवकबाट गत फागुनमा ६ वर्षीय बालिका बलात्कृत भइन् । त्यस्तै, मालिका गाउँपालिका–५ छापहिलेकी ८८ वर्षीया वृद्धालाई गत पुसमा १६ वर्षका एक किशोरले बलात्कार गरे । त्यो सँगै इस्मा गाउँपालिका–५ का ५६ वर्षीय धनबहादुर चुँदाराले भदौमा मानसिक सन्तुलन गुमेकी ३५ वर्षीया युवतीलाई बलात्कार गरे ।
सो गाउँपालिकामै एक महिनापछि अर्को अपांगता भएकी महिला बलात्कारको सिकार भइन् । इस्मा गाउँपालिका–३ दर्लामचौरका ३६ वर्षीय देवबहादुर सार्की गत असोजमा २० वर्षीया अपांगता भएकी महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीमा एक वर्षको अवधिमा ११ जना महिला तथा बालिका बलात्कृत भएका छन् । यो तथ्यांक २०७४ फागुनदेखि अहिलेसम्मको हो । एक वर्षमा ६ जना बालिका र पाँच महिला बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी रवीन्द्र खड्काले बताए ।
६ जना बालिकामध्ये एक जना बाबुबाट, एक जना हजुबुबा, एक जना दाजु र तीन जना अन्य व्यक्तिबाट बलात्कृत भएको खड्काले बताए । त्यस्तै पाँच जना महिलामा दुई जना आफन्तबाटै, दुई जना सुस्त मनस्थिति भएका र एक जना महिला अन्य व्यक्तिबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।
बलात्कार र अपराधको प्रमुख कारण मदिरा
अत्यधिक मदिरा सेवनका कारण मदाने गाउँपालिका–७ का दुर्गा नेपाली र मुसिकोट नगरपालिका–४ का पंकज कुमालले श्रीमतीको विभत्स हत्या गरे । गुल्मीमा बलात्कार र अपराधको प्रमुख कारण मदिरा बनिरहेको छ । आफ्नै छोरी बलात्कार, काकी र नातिनी बलात्कार पनि मदिराकै झोकमा भए ।
एक वर्षमा भएका दुई हत्या र ११ बलात्कारको कारण मदिरा सेवनपछिको आवेग नै प्रमुख भएको जिल्ला प्रहरी प्रमुख दीपककुमार बस्नेतले बताए । मदिराका कारण आफ्नै छोरी बलात्कार गर्नेदेखि श्रीमतीको हत्या गर्नेसम्मका घटना भएका छन् । ‘धेरै घटनामा अनुसन्धान गर्दा बलात्कार अपराधको कारण मदिरा देखिन्छ,’बस्नेतले भने,‘यसको नियन्त्रण र सचेतना आवश्यक छ ।’