gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा पशुलाई झैँ दाम्लोमा बाँधेर राखिएका यि ११ वर्षीय बालक, कसरी होला उद्दार ?

सागर भण्डारी
गुल्मी, माघ ३० । मुसिकोट नगरपालिका वडा नं ४ गोजुगांकी कुमारी पुनलाई माईलो सन्तानको रुपमा छोरा जन्मियो । दोस्रो सन्तानको रुपमा छोरो जन्मेपछि परिवार र छरछिमेकी सबै खुसी भए । जेठो छोरा हुर्किसकेका थिए । अब उनीहरुलाई परिवारको चाहना पनि हटिसकेको थियो ।

सानोमा निकै हृष्टपुष्ट थिए समीर पुन । उनी विस्तारै ठुलो हुँदै गए । बामे सर्ने बेला र हिँड्डुल गर्ने समय आएपछि उनमा अनौठो किसिमको व्यवहार देखिन थाल्यो । उनी एक्कासी चिच्याउने, बड्बडाउने र जथाभावी हिँड्डुुल गर्न थाले । उनमा अनौठो शारिरिक र मानसिक व्यवहार देखिन थाल्यो । सँगैका दौँतरीहरु हिँड्डुल गर्ने, विद्यालय जाने गर्न थालेपछि परिवारलाई झनै पीडा थपियो ।

विस्तारै उनी ठुलो हुँदै गएपछि घरबाट हिँडेर लामो समयसम्म घरमै नआउने गर्न थाले । उनको रेखदेख गर्न गाह्रो हुन थाल्यो । धरालो नै बसेर पनि रेखदेख गर्न नसकिने भएपछि उनलाई दाम्लोले बाँध्नुको विकल्प परिवारसगं रहेन् । शारीरिक अपाङ्गता भएका बालकलाई अभिभावकले अहिले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् ।

मानसिक तथा शारीरिक अवस्था कमजोर भएका पुनलाई परिवारले झण्डै २ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरेको स्थानीयवासी बताउँछन् । जन्मँदा स्वास्थ्य अवस्था राम्रो रहेपनि अहिले उनले अस्वभाविक व्यवहार देखाउने गरेका छन् । बालकलार्ई बाँधेको डोरी खोल्दिने वित्तिकै पल्टने, घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिने, घरबाहिर गएर हराउने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको बालककी आमा कुमारीले बताईन् ।

उनी एकपल्ट भीरबाट समेत लडेका थिए । उपचारका लागि परिवारले पहल नगरेका होईनन् । ऋणधन नै गरेर भएपनि छोराको उपचारका लागि बुटबल भैरहवा पुर्याए । त्यसै त आर्थिक अवस्था कमजोर रहेका उनीहरुलाई छोराको उपचारका लागि पैसा पुगेन ।

त्यसपछि फर्कार पुनः घरमै लिएर आए । श्रीमानले मजदुरी गरेर कमाएको अलिअलि पैसा पनि सकियो । न छोरोलाई निको नै भयो न कमाएको पैसा नै बच्यो । आमा कुमारीका अनुसार समीरले दिसापिसाबसमेत तर्काउन नसक्ने भएका कारण बाँधेर राख्न थालिएको हो । “दिनभर मेलापात जानुपर्छ, यसको पछाडी अगाडी गरेर बस्न पाउने भएपो”, उनले भनिन्, “मेलापात गर्नैपर्यो, मेलापात नगरे के खाने ?”

समीरले न त भोक लाग्यो भनेर भन्न सक्छन् न त दिसा पिसाब लायो भनेर नै भन्न सक्छन् । भोक लाग्यो भने नजिकै रहेको ढुगां माटो समेत खाने गरेको कुमारीले बताईन् ।

ठूलो अस्पतालमा छोराको उपचार गर्न पाए निको हुने आश भए पनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै बाँधेर राखेको उनले बताईन् । उनले सहयोगका नाममा राज्यले प्रदान गर्ने अपागंता भत्ता बाहेक अन्त कहीँकतैबाट सहयोग नपाएको बताईन् । यो सानो बालक माथि दया राख्नुस् कसैले सहयोग गरे नयाँ जीवन पाउने भन्दै उनले सहयोगका लागि सबैसगं आग्रह गरिन् ।

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D