gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा कोरोना कहरका बिच पनि पुल निर्माण निरन्तर, २१ पुल मध्ये चारवटा सकियो

रमेश विश्वकर्मा
गुल्मी । विश्वभर फैलिएको कोभिड–१९ का बिच पनि जिल्लामा पुल निर्माणको काम निरन्तर चलिरहेको छ । कोरोना नियन्त्रणका लागि सरकारले बेला–बेलामा गरेको बन्दाबन्दीमा पनि सामाजिक दूरी कायम राख्दै पुल निर्माणको कार्यले निरन्तरता पाएको हो । यसै बिचमा जिल्लामा मोटर गुड्ने चारवटा पक्की पुल निर्माण भएका छन् । विभिन्न समयमा ठेक्का सम्झौता भएका पक्की पुलहरुमध्ये आर्थिक वर्ष २०७६/०७७ मा चार वटा पक्की पुल निर्माण भएका हुन् । जिल्लामा रहेका सडक पूर्वाधार विकास कार्यालय र मदन भण्डारी राजमार्ग योजना कार्यालयले सञ्चालन गरेका २१ वटा पक्की पुलहरुमध्ये चारवटा पक्की पुल निर्माण भएका छन् । सडक पूर्वाधार विकास कार्यालयसँग विभिन्न समयमा ठेक्का सम्झौता गरी निर्माण थालेका तीन वटा पक्की पुलमध्ये एकवटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख इन्जिनियर गोपिराज पुन मगरले जानकारी दिए ।

उनका अनुसार ईस्मा गाउँपालिकाको दोहोली र मुसिकोट नगपालिकाको पौंदी अमराई जोड्ने निस्ती खोला पक्की पुलको निर्माण कार्य सकिएको हो । यो पुलको २०७३ असार २७ गते २ करोड १५ लाख १२ हजार लागतमा ठेक्का सम्भौता भएको थियो । २ स्पानको उक्त पुलको लम्बाई ४१.२० मिटर रहेको छ । यस कार्यालयबाट विभिन्न समयमा निर्माण कार्यको लागि ठेक्का सम्झौता भएका २ वटा पुलहरु निर्माणधीन अवस्था रहेको कार्यालय प्रमुख पुनले जानकारी दिए । उनका अनुसार मुसिकोट नगारपालिकाको बडिघाट खोलाको झर्दी बल्लेघाट पुल र सत्यवती गाउँपालिकाको त्रिवेणी पुल निर्माणाधिन अवस्थामा रहेका छन् । बल्लेघाट पुलको निर्माण कार्यका लागि २०७३ असार २३ गते ठेक्का सम्झौता भएको हो । उक्त पुलको ५ करोड १७ लाख ८४ हजार लागतमा निर्माण कार्य सकिने छ । २०७८ असार ३१ गते सम्म निर्माण कार्य सम्पन्न गनुपर्ने छ । त्रिवेणी पुलको निर्माण कार्यको लागि २०७६ असार ३१ गते ठेक्का सम्झौता भएको हो । उक्त पुल ३ करोड ११ लाख २१ हजार लागतमा निर्माण कार्य सम्पन्न हुने कार्यालय प्रमुख पुनले बताए । उनका अनुसार २०७८ असार ३१ गते सम्म निर्माण कार्य सम्पन्न गनुपर्ने छ । मुसिकोट नगारपालिकाको बडिघाट खोला (खौलार) पुल र मालिका गाउँपालिकाको निस्ती खोला पुलको टेन्डर सूचना प्रकाशित भैसकेको तर सम्झौता हुन बाँकी रहेको जनाइएको छ ।

त्यस्तै मदन भण्डारी राजमार्ग योजना कार्यालयसँग विभिन्न समयमा ठेक्का सम्झौता गरी निर्माण थालेका १८ पक्की पुलमध्ये तीन वटा पक्की पुलको निर्माण कार्य सकिएको निमित्त योजना प्रमुख सुनित केसीले जानकारी दिए । उनका अनुसार स्याला खोला पुल स्याला, मलागिरी खोला पुल मलागिरी र कपरपाटा खोला पुल दुविचौरमा निर्माण कार्य सकिएको हो । स्याला खोला पुलको २०७४ असोज २२ गते ५ करोड ८१ लख ४३ हजार ५ सय ९ रुपैयाँ ५४ पैसा लागतमा निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । मलागिरी खोला पुलको २०७४ असोज २६ गते ३ करोड ७६ लाख ७० हजार ६ सय २७ रुपैयाँ लागतमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

कपरपाटा खोला पुलको २०७५ जेठ २२ गते ३ करोड ४७ लाख ४८ हजार १ सय १४ रुपैयाँ ५० पैसा लागतमा निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता भएका १५ वटा पुलहरु निर्माणधीन अवस्था रहेको योजना प्रमुख केसीले बताए । उनका अनुसार पनाहा खोला पुल नादी हाडहाडे धुर्कोट रजस्थल, पनाहा नदी जुरेढुङ्गा भनभने, निस्तिखोला पुल पराल्मी इन्द्रेगौडा जोड्ने पुल, बडिगाढ खोला उल्लीखोला, बडिगाढ सिस्ने पुल सिस्ने–हुँगा, बडिगाढ नदि पुल (साविका जुनियाँ गाविस वडा ९ र हुँगा गाविस जोड्ने पुल) निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै चौरासी पुलकामुख अमरपुर–धुर्कोटरजस्थल, बडिगाढ खोला पुल साहाघाट लिम्घा हँसरा पुल रिमुवा सडक, कालिगण्डकी पुल गुल्मी स्याङ्जा, दरमखोला पुल (अर्लाङ्कोट–१ गुल्मी र रिघा–६ बाग्लुङ्ग जोड्ने पुल), कालिगण्डकी पुल (पुर्तिघाट गुल्मी र पर्वत जोड्ने पुल), बडिगाढ पुल खैरेनी बोटेगाउँ जोड्ने पुल, पालुखा मोटरेवल पुल हस्तिचौर, तम्घास खोलामा पुल १–८ जोड्ने र पाती खोला पुल निर्माणाधीन अवस्थामा रहेका छन् ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D