gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा कारुणिक घटनाः बिहे गर्ने भन्दै प्रेमिकालाई बुटवल लगेर गर्भपतन, जंगलमा छाडेर प्रेमी फरार

प्रेम सुनार
गुल्मी, असार ३२ । रक्तश्राव भएर गुल्मीमा एक किशोरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । हे….मेरो विवस…., म तिमी विना बाँच्न सक्दिँन… । तिमी जहाँ छौं मेरो मायालाई सम्झेर मलाई बचाउन छिटो आउ… भन्दै उनले पटक पटक भक्कानो छाड्ने गरेको दृश्यले त्यहाँ पुग्ने जो कोहीको गह भरिन्छ ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर ३ भेडुवा वजारकी १८ वर्षिया समिक्षा क्षेत्री (नाम परिवर्तन) की प्रेमी भनिएका गुल्मी दरवार गाउँपालिका वडा नम्वर ४ विरवासका २५ वर्षिय विवस ठकुरी असार २२ गते राती देखि सम्पर्क विहिन भएपछि उनको त्यस्तो रोदन र चित्कारले भेडुवावासी समेत पिडामा परेका हुन् ।

ठकुरीले बुटवलमा लगेर अनैतीक गर्भपतन गराई असार २२ गते राती १२ वजेको समयमा आफुलाई भेडुवा देखि तल समिक्षाको मामा घर नजिक जंगलमा लगेर छाडेरे देखि उनि फोन स्वीचअफ गरेर सम्पर्क विहिन भएको उनको आरोप छ ।

असार २० गते समिक्षाले विवसको गर्भधारण गरेको परिवारलाई जानकारी दिए पछि परिवारले विवसलाई बोलाएर विवाह गरेर लैजान भनेको उनकी आमाले बताईन । आमाले भेडुवाको नवज्योति आमा समुहलाई पनि जुटाईन ।

आफ्नो गर्भ स्वीकार गरी लगेको हो

समुहकी अध्यक्ष विन्दु कार्की भन्छिन, ‘उनले गर्भ रहेको सुनाए पछि विवसलाई हामीले झिकायौं । उनले समिक्षालाई घरमा भित्राउन मेरो वुवाले दिनु हुन्न, मैले वुटवलमा रहेका मामाको घरमा लगेर राख्छु भन्दै यहाँबाट असार २० गते हिँडालेका हुन् । पछि गर्भपतन गराएर अलपत्र पारेको थाह पाउँदा हामी स्तव्ध भएका छौं ।” उनले थपिन्, “यसरी एउटी युवतीलाई माया जालमा फँसाएर अलपत्र पार्ने उनलाई प्रहरी प्रशासनले खोजेर यी दुईलाई जुटाई दिन हामीले माग गरेका छौं ।”

समुहकी सचिव गायत्री केसीले पनि त्यसरी हामीसंग स्वीकार गरी हिँडेलेका उनले यसरी अलपत्र पार्न नहुने बताईन । उनले भनिन, ‘समिक्षाका वावुको सानैमा मृत्यु भएको थियो । एक मात्र सन्तान समिक्षालाई आमाले चिया पसल राखेर हुर्काएकी थिईन । कक्षा १२ पढ्ने उनि एकदमै अनुशासित र प्रतिभाशाली किशोरी थिईन् ।’

त्यस्ती युवतीसंग माया प्रेम गरेर गर्भधारण गराएको बताएपछि उनलाई बोलाईएको हो र उनले विवाह गर्छु भनि लगेका हुन् ।

त्यस वडा सदस्य अञ्जना परियारले पनि आमा समुहका सामु विवसले समिक्षाको गर्भ आफ्नो भएको स्वीकार गर्दै वुटवल लगेको बताईन् । छत्रकोट गाउँपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी अध्यक्ष नर्मदा भण्डारीले पनि उनिहरु विच गत वैशाख देखि प्रेम सम्वन्ध रहेको र असार २२ गते गर्भपतन गराई विवस फरार रहेको आफुले जानकारी पाएको बताईन् । उनले भनिन, ‘ हाम्रो न्यायिक समितिले पनि विवसलाई खोजेर उनिहरुको मिलन गराउन पहल गर्ने छौं र प्रहरी प्रशासनले पनि उनलाई यथासिघ्र खोजोस्, हामी यहि माग गर्दछौं ।’ उच्च रक्तश्रावले थला परेकी समिक्षाले उनिहरु विचको माया प्रेमको प्रशंग उच्चारण गर्नु पर्दा गला अवरुद्ध पार्छिन । भन्छिन, ‘मलाई त मेरो विवसले धोका देलान भन्ने कल्पना सम्म गर्न सक्दिँन ।

‘किनेर राखेका वेहुलीको पहिरन साक्षी छ ’

उसलाई अरु कसैले गायव बनाएका हुन । वुटवल गयौं । उनले विवाहका लागि मलाई कपडा किनी दिए । चुरापोते सवै किनेर विवाहको अन्तिम तयारी भई रहेको थियो । चुरापोते त्यसै होटलको कोठामा विर्सेर आए छु । विवसले किनेका कपडाहरु म संगै छ ।

तिनै कपडाहरु विवसको मेरो अनमोल चिनो ठान्छु र हाम्रो प्रेमको साक्षी मान्छु । म उ वाहेक अरुसंग मेरो जिवनको कल्पना सम्म गर्न सक्दिँन । उसले पनि मलाई अति माया दिन्थ्यो र मैले पनि मेरो प्राण भन्दा प्यारो ठान्छु उसलाई । मेरो फोन र फेशबुक उसको अधिनमा थियो । हरपल म उसैको अधिनमा रहनु पर्दथ्यो ।

“उसको विश्वासमा गर्भपतन गराउन बाध्य भएँ”

असार २० गते वुटलव पुगेर दुई दिन सम्म होटलमा बस्यौं । त्यही क्रममा उनले मलाई अहिले गर्भपतन गराउँ भनेर फकाए । मैले मानिन । धेरै कर गरेपछि उनको विश्वासमा मैले वुटवलको एक मेडिकलमा गर्भपतन गराएकी थिएँ ।

गर्भपतन गराउने डाक्टरले समेत यदि विवसले धोका दिए म कहाँ आउनु होला भनेर ढुक्क पारेका थिए । उनले प्रेम सम्वन्धको गाँठो फुकाउँदै भनिन्, ‘वरपरको छिमेकी भएकोले हाम्रो देखभेट पहिलै देखि हुन्थ्यो । तर हामी गएको बैशाख देखि प्रेम सम्वन्धमा बाँधिएका थियौं ।’

गुल्मी महोत्सवमा पहिलो पटक हामी विच शाररिक सम्वन्ध भएको थियो । चौथो पटक चैत्र महिनामा यसै वजारकी मेरी साथीको घरमा हामी विच शाररिक सम्पर्क भएको हो ।

त्यसै वेलाको गर्भ रहन पुगेछ । नाम नवताउने सर्तमा उनकी साथीले पनि विवसले फोन गरेर हाम्रो घरमा बस्न बोलाएको बताईन । उनले भनिन–‘मैले हाम्रो घरमा विवस आएको र समिक्षा पनि आएर बसेको देखेकी हुँ भित्र के गरे , थाह भएन ।

विवसलाई वावुको डर बढि

मैले विवसलाई जानकारी दिएँ । उनले घर भित्राउन वुवाले दिनु हुन्न भन्दै थियो । मैले त्यसो भए जहाँ लगेर भए पनि राख्न भनें । असार २३ गते देखि पलपल उसैको खोजी र यादमा छु तर उनका दुवै फोन नम्वर स्विचअफ छन् । म के गरुँ ? मेरो विवसलाई छिटो खोजी दिनुस मलाई बाँच्न गाह्रो भयो । उनले फेरी जोडले भक्कानो छाड्दै भनिन्, ‘हे मेरो विवस… तिमी छिटो आउ… म त तिम्रै यादमा मरीरहेकी छु… आउन… कहाँ छौं तिमी…. । उनको त्यो चित्कारले त्यहाँ रहेका सारा महिलाको गह भरियो । यसै समाचारदाताको पनि आँखा रसायो । तर खै उनका विवस वास्तविक जिवनमा अहिले उनि बाट सम्पर्क विहिन हुन कसरी विवस भए ?

उनको फोन नलागे पछि हामीले उनका वावुलाई फोन सम्पर्क राख्दा छोरा सम्पर्कमा नभएको र उसले स्वीकार गरेको आफुलाई थाह नभएको भन्दै प्रतिकृया दिन अस्वीकार गरे ।

युवतीको रगत माथी राजनीति

त्यहाँको आमा समुहले श्रृंगा प्रहरी चौकीमा असार २७ गते विवसलाई खोज तलासका लागि उजुरी दिएको थियो । अर्को दिन त्यहाँको प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पठायो । उनिहरु त्यहाँ आएर उजुरी दर्ता नगरेको आमा समुहकी पुर्व अध्यक्ष मिना टण्डनले दुखेसो गरिन ।

स्थानियवासीले राजनैतिक दवावमा प्रहरीले मुद्धा दर्ता गर्न आनकानी गरेको आरोप लगाएका छन् । ठुलो संख्यामा जुटेका स्थानियले भने, ‘विवसका पिता कुनै एक राजनैतिक दलको स्थानिय जल्दा बल्दा कार्यकर्ता हुन । उनको केन्द्र सम्म ठुलो पहुँच छ । यसर्थ पनि प्रहरीलाई केन्द्र सम्मको दवाव परेको हुन सक्छ ।”

सञ्चार माध्यमबाट दवाव नपरे सम्म यसरी रगतको पोखरीमा डुवेकी समिक्षाको उद्धार हुन मुस्कीले हुने देखिन्छ । उनिहरुले थपे यसरी वावु नभएकी र कुनै राजनैतिक दलमा पहुँच नराख्ने युवतीको रगतको पोखरीमा कसैले राजनीति नगरौं । ’

ढुक्क हुनुहोस दवावमा परिन्न: प्रहरी

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काको ध्यानकृष्ट गराउँदा उनले आफुहरु पिडित युवतीकै पक्षमा रहेको र कुनै खालको दवाव कसैबाट नभाएको बताए । उनले भने, ‘केटा खोज्न सजिलो होस भनेर मैले एक दिनका लागि रोकेकै हुँ तर अव मुद्धा दर्ता हुन्छ । आरोपितलाई खोजेर उनिहरुलाई मिलाउन प्रहरी अवश्य जुट्छ , ढुक्क हुनुहोस् ।’

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D