gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीको सिमलटारीमा तालिमसंगै नमुना पुल निर्माण

टोपलाल अर्याल
गुल्मी, २८ गते । गुल्मीमा नमुना झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्ला प्राविधिक कार्यालय गुल्मी द्धारा सन्चालित क्षेत्रगत कार्यक्रम अन्र्तगत निर्माणधिन अवस्थामा रहेका आठ वटा झोलु¨ेपुलका ३२ जना सहभागीहरुले आठ दिन लगाएर एउटा नमुना पुल तयार गरेका हुन् ।

तालिमसंगै जनशक्ति उत्पादन र काममा थप सहज बनाउने उदेश्यले उनीहरुबाटै पुल निर्माण गरिएको सेवक नेपाल नेपालगन्जका प्राविधीक अधिकृत नारायण प्रसाद डाँगीले बताए । निर्माणाधिन आठवटै पुलवाट उपभोक्ता समितिका दुई जना र पुल मिस्त्रीवाट दुई जना गरी आठवटा पुलका ३२ जनाले पुल निर्माण गरेका हुन् ।

मालिका गाउँपालिका ८ को सिमलटारी स्थित छल्दीखोलामा निर्माण भएको नमुना पुल हेर्नेहरुको भिड नै लागेको स्थानीय कमल नेपालीले बताए । तालिम समापन कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी मालिका गाउँपालिका ८ का वडाअध्यक्ष टीका जि.सी.ले तालिम अत्यन्तै व्यावहारिक भएको प्रतिक्रिया दिए । ‘पुल मिस्त्री र उपभोक्ता समितिसगै राखेर तालिम दिँदा र पुल नै निर्माण गर्नुले धेरै राम्रो भयो,’उनले भने,‘यो तालिमपछि काममा थप हौसला र मजवुति देखिने छ ।’

त्यस्तै तल्लोपासे पुलका सचिव वावुराम खनालले यो जस्तो व्यावाहारीक तालिम जीवनमा पहिलो पटक लिएको बताए । तालिममा सहभागीहरुलाई निर्माण प्रक्रिया अन्तरगत जग खन्ने, ढुङ्गा कुद्ने, टावर निर्माण, पुल फिटिङ्ग साथै मर्मत सम्भारका बारेमा जानकारी दिइएको थियो । साथै सामाजिक पक्ष तर्फ योजना संचालन प्रक्रिया, निर्णय गर्ने तरिका, सार्वजनिक सुनुवाई, सार्वजनिक समिक्षा तथा सार्वजनिक लेखा परिक्षणका बारेमा सहभागीहरुलाई जानकारी गराइएको आयोजकले जनाएको छ । तालिममा सेवक नेपाल नेपालगन्जका प्राविधीक अधिकृत नारायण प्रसाद डाँगी र दयन्द्र राई र सृजनशिल सामुदायिक विकास केन्द्रका सव इन्जिनियर डिल्लीराज खनालले प्रशिक्षण दिएका थिए ।

तालिमको आयोजना जिल्ला प्राविधिक कार्यलय गुल्मी र आर्थिक तथा प्रशिक्षण सहयोग टि.वि.एस.यु.÷सेवक नेपाल नेपालगन्जले गरेको थियो । तालिमको सहकार्य तथा व्यवस्थापन सिर्जनशील सामुदायिक विकास केन्द्र गुल्मीले गरेको हो । तालिममा सत्यवती गाउँपालिकावाट पम्फुका–निगाले, मुसिकोट नगरपालिकावाट वैरेनी–ओर्गती, मालिका गाउँपालिकावाट लिलि¨–ट्रस पुल, रेसु¨ा नगरपालिकावाट तल्लोकपासे, मदाने गाउँपालिकावाट भिरटारी, दुईखोली–दोभान, छहरा–दोभिल्ला, झिमरुक झोलुङ्गे पुलको सामुदायिक सम्झौता भएको छ । केहि समयमै पुलनिर्माण कार्य अगाडी वढने सृजनशिल सामुदायिक विकास केन्द्रका सव इन्जिनियर डिल्लीराज खनालले वताए ।

गुल्मीको मालिका गाउँपालिका ८ को सिमलटारी स्थित छल्दीखोलामा निर्माण गरिएको नमुना झोलुङ्गे पुल ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D