gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको मदाने गाउँपालिकामा १ दर्जन शिक्षक आवश्यकता, मासिक तलब झन्डै ३६ हजार रुपैँया सम्म

गुल्मीन्युज
गुल्मी, कार्तिक २६ । गुल्मीको मदाने गाउँपालिकाले बिभिन्न तहका शिक्षक/शिक्षिकाको लागि आवेदन मागेको छ । गाउँपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरुमा रिक्त रहेका विभिन्न तह र विषयका शिक्षकहरुको लागी करारमा नियुक्ति गर्न गाउँपालिकाले दरखास्त आव्हान गरेको हो ।

बिहीवार बिभिन्न बिज्ञापनहरु मार्फत गाउँपालिकाले माबी तर्फ ६ र निमाबीतर्फ ६ गरी जम्मा १२ जना शिक्षक/शिक्षिका मागेको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर पछाईद्वारा हस्ताक्षरित सुचनाहरुमा माबी र निमाबी तर्फ बिज्ञान, बालीबिज्ञान, अङ्रेजी र गणित बिषयहरुको लागि शिक्षक/शिक्षिकाको माग गरिएको जनाईएको छ ।

गाउँपालिकाले निम्न माध्यमिक (कक्षा ६-८) को लागि प्रथम पटक बिहीवार सुचना निकाल्दै विज्ञान बिषयको लागि ३ जना र निम्न माध्यमिक तह (कक्षा ६-५) तर्फ गणित बिषयको लागि २ र अंग्रेजीको लागि २ जना शिक्षक/शिक्षिका माग गरेको छ ।

निम्न माध्यमिक तह अन्तर्गत विज्ञान, गणित र अंग्रेजी बिषयको लागि आवेदन दिन चहानेहरु मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयहरुमा प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनपर्ने जनाईएको छ । त्यस्तै नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपिहरु, अध्यापन अनुमति पत्रको प्रतिलिपि र व्यक्तिगत निवेदन पनि साथमै समावेश गर्नुपर्ने छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाहरुबाट आवेदन गरिएको निमाबी शिक्षक/शिक्षिकाको मासिक तलब २८ हजार २ सय रुपैँया हुने गाउँपालिकाले जनाएको छ । दरखास्त मंसिरको ०९ गते कार्यालय समयभित्र दिईसक्नु पर्नेछ ।
त्यस्तै बिहीवार नै दोस्रो पटक सुचना निकाल्दै गाउँपालिकाले माध्यमिक (कक्षा ९-१०) को लागि बिज्ञान बिषय तर्फ ३ र गणित बिषयको लागि १ गरी ४ जना शिक्षक/शिक्षिका माग गरेको छ । सम्बन्धित बिषयहरुमा मान्यता प्राप्त शिक्षण संस्थाबाटस्नातक तह वा सो सरह उत्तीर्ण गरेका १८ बर्ष देखी ४० बर्ष सम्मका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिएको बिज्ञापनमा इच्छुकहरुलाई यही मंसिर ०२ गते भित्रै आवेदन दिन भनिएको छ । छानिएका माबी तहका शिक्षक/शिक्षिकाको मासिक तलब ३५ हजार ९ सय ९० रुपैँया रहने गाउँपालिकाले जनाएको छ ।

उता बालबिज्ञान र बिज्ञान बिषयको लागि तेस्रो पटक सुचना निकाल्दै गाउँपालिकाले थप शिक्षक/शिक्षिकाको लागि आवेदन समय थप गरेको छ । गाउँपालिकाले माबी तह (कक्षा ११-१२) को लागि बालिबिज्ञान बिषयको लागि प्रशिक्षकको माग गरेको हो । बालिबिज्ञान बिषयको लागि प्रशिक्षककोलागी आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विषय लिई स्नात्तकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको वा सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गरी एक वर्षको कार्य अनुभव भएकोहुनु पर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका लिखित, मौखिक र आवश्यकताका आधारमा प्रयोगात्मक परिक्षा मार्फत शिक्षक चयन गर्नेछ । शिक्षक सेवा आयोगको करार सूचीमा समावेश भएका उम्मेद्वारहरुलाई नियमानुसार सिफारिस गरी नियुक्ति गर्ने र यसरी नियुक्ति भई बाँकी रहेका पदमा मात्र परीक्षा संचालन गरी नियुक्तिका लागि सिफारिस गरी सम्बन्धित विद्यालयमा पठाउने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यस अघी नै माबी तह अन्तर्गत सामाजिक, भौतिक शात्र र प्रावी तर्फ रिक्त रहेका केही शिक्षक/शिक्षिकाको पद पुर्ती गर्ने काम अन्तिम चरणमा पुर्याएको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D