gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका २ विकट गाउँ बिजुलीकाे पहुँचमा थप सामग्री

रासस
गुल्मी, साउन २१ । गुल्मीकाे मुसीकोट नगरपालिका- ७ र ८ नम्बर वडाका सबै घरधुरी विद्युतकाे पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युतकाे पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको हाे ।

विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि २ वडाका सबै घर परिवार विद्युतकाे पहुँचमा पुग्ने भएका हुन् । केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याउनका लागि हाल तार विस्तारलगायतका काम धमाधम भइरहेका छन् ।

अबको २ साताभित्रमा बत्ती बाल्ने गरी काम भइरहेको वडा नम्बर ८ का अध्यक्ष बुद्धिप्रसाद बुढाले बताए । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमार्फत वडा ७ का खालबोट, चौतारा, ग्याम्माखोला, जग्देछरा र च्यारनेटा तथा वडा ८ का खावाङखानी, क्वाम्मा खोला, उदिन ढुङ्गा, सल्लेधारा, घट्टेखोला र तिर्सिङ टोलमा विद्युत् पुग्दैछ ।

यसअघि यी टोलका नागरिकले स्थानीय पातलखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा लिइरहेका थिए । १८ किलोवाट क्षमताको उक्त आयोजनामा पटक-पटक खराबी आउँदा समितिले सञ्चालन गर्न नसक्ने भएपछि यी टोलमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष बुढाको भनाइ छ ।

उनका अनुसार यसअघि नै गाडिएका पोलमा तार विस्तारको काम भइरहेको र प्रत्येक घरमा वायरिङको कामसमेत सकिएको छ ।

मिटर आउँन बाँकी रहेकाले मिटर आउने वित्तिकै सबै घरमा बत्ती बल्ने उनकाे भनाइ छ । नगरपालिकाकै सबैभन्दा विकट वडाका रूपमा रहेको वडा नम्बर ८ मा गत २९ मागमा केन्द्रीय प्रसारण लाइनको बत्ती बलेको थियो । वडा नम्बर ७ मा भने पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बत्ती पुग्न लागेको हो ।

यसअघि वडाका ३ सय ५० देखि ४ सय घरपरिवारले ३९ किलोवाट क्षमताको स्थानीय साँखखोला–१ लघुजलविद्युत् आयोजनाबाट सेवा लिँदै आएका छन् । बाँकी रहेका घरधुरीमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्न लागेको वडा नम्बर ७ का सदस्य तोकबहादुर खत्रीले बताए । २ वडाका ४ सय बढी घरमा बिजुली बल्न लागेको उनले बताए ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D