gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीका विद्यालयमा मनपरी: एसईइको प्रमाणपत्र लिँदा कतै हजार कतै तिन हजार रुपैँया सम्म शुल्क

सन्तोष महतारा
गुल्मी, साउन १३ । गुल्मीका विद्यालयमा माध्यमिक शिक्षा परिक्षा एसईई पछि दिइने प्रमाणपत्रको शुल्कमा मनपरी देखिएको छ । प्राय विद्यालयले शिक्षक निजि श्रोतमा राखिएको बाहनामा बढी रकम अशुल्ने गरेको पाईएको हो ।
जिल्लाको मुसिकोट नगरपालिका वामीटक्सारमा रहेको महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परिक्षा पछि दिइने प्रमाणपत्रमा तिन हजार रुपैँया लिने गरेको विद्यालय प्रधानाध्यापक बुद्धि प्रसाद सापकोटाले जानकारी दिनुभएको छ । भरखरै मात्रै नमुना विद्यालय भनेर घोषित उक्त विद्यालयले एसईई उत्तिर्णको प्रमाणपत्रको शुल्क पनि नमुना नै बनेको छ ।
त्यस्तै मालिका गाउँपालिकाको वडा नम्बर २ मा रहेको नेटा दर्लिङ्ग माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परिक्षा पछि विद्यार्थीलाई दिइने प्रमाणपत्रमा दुई हजार पाँच सय लिने गरेको छ । गत बर्ष दुई हजार पाँच सय लिएको उक्त विद्यालयले अहिले पनि त्यत्ति नै शुल्क लिने गरेको विद्यालय प्रधानाध्यापक यमलाल अर्यालले जानकारी दिनुभएको छ ।

मालिका गाउँपालिका कै मालिका माध्यमिक विद्यालयले भने प्रमाणपत्रमा दुई हजार एक सय लिने गरेको विद्यालयका प्रधानाध्यापक बासुदेब अर्यालले जानकारी दिनुभएको छ ।
त्यस्तै इस्मा गाउँपालिकामा रहेको देविस्थान माध्यमिक विद्यालयले प्रमाणपत्रमा दुई हजार लिने गरेको छ । मुल प्रमाणपत्र सहित दुई हजार पाँच सय लिने गरेको विद्यालयले यसपाली दुई हजार लिने गरेको विद्यालय प्रधानाध्यापक नारायण मरासिनिले जानकारी दिनुभएको छ ।
त्यस्तै इस्मा गाउँपालिकामा नै रहेको अम्मरपुर ओम प्रसाद गौतम माध्यमिक विद्यालयले पनि प्रमाणपत्रमा दुई हजार पाँच सय लिने गरेको विद्यालयका प्रधानाध्यापक तिलक पराजुलीले जानकारी दिनुभएको छ । उहाँले निजि श्रोतबाट शिक्षक रहेकोले ब्यबस्थापन समितिको निर्णयले शुल्क लिने गरेको बताउनुभयो ।
साथै सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परिक्षा एसईई को प्रमाणपत्रमा एक हजार पाँच सय शुल्क लिने गरेको प्रधानाध्यापक डोरबिक्रम श्रीसले जानकारी दिनुभएको छ ।
सदरमुकाम तम्घासमा नै रहेको जिल्लाकै नमुना माध्यमिक विद्यालय महेन्द्र नमुना माध्यमिक विद्यायलयले प्रमाणपत्रमा एक हजार लिने गरेको छ । प्रमाणपत्रको एक हजार शिक्षा कार्यालयमा बुझाउनुपर्ने करिब तिन सय गरेर बढीमा एक हजार तिन सयमा प्रमाणपत्र दिइने विद्यालयका प्रधानाध्यापक युवराज ज्ञवालीले जानकारी दिनुभएको छ ।
प्राय विद्यालयमा माध्यमिक तहमा शिक्षकको सरकारी कोटा नहुदाँ निजि श्रोत राखिएको र विद्यालयले आफै निर्णय गरेर मनपरी हिसाबले प्रमाणपत्रको रकम अशुल्ने गरेको पाइएको छ ।
साथै जिल्लाका बाह्रै स्थानिय तहमा माध्यमिक शिक्षा परिक्षा एसईई पछि दिइने प्रमाणपत्रको शुल्कमा एकरुपता छैन । आफ्नै विद्यालयको निर्णयले मनपरी रकम अशुल्ने गरिरहेका हुन् ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D