gulminews logo
बुधबार, २०८१ बैशाख २६

गायक सन्तु थापाको नयाँ मौलिक पञ्चेबाजा गीत “लाहुरे दाईलाई….” सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
माघ ०९ । गायक सन्तु थापाको नयाँ मौलिक पञ्चेबाजा गीत “लाहुरे दाईलाई….” सार्वजनिक भएको छ ।

नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित लोकदोहोरी गायिका समिक्षा भण्डारीसंगको संयुक्त स्वरमा थापाको गीत हार्वजनिक भएको हो । गुल्मी रेसुङ्गा म्युजिक प्रालिको प्रस्तुती रहेको गीत गायक थापाको आफ्नै आधीकारीक युट्युब च्यानल मार्फत शुक्रबार बिहान देखी बजारमा आएको हो ।

अनिश दवाडीको शब्द रहेको गीत कोरस भोकलमा प्रेमा राना मगर, रुपी सिंजाली मगर, ओम सेन्चुरी र अमित सुनारले साथ दिएका छन् । खेम सेन्चुरीको संगीम रहेको गीतको संगित संयोजन भने विश्वाश नेपालले गरेका छन् ।
गीतको अडियो मिक्सिङ कुमार रानाले गरेका छन् । गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । सन्तु थापा आफैले निर्देशन भिडियो मधुर बस्नेतले खिचेका हुन् । केशब आलेको कोरियोग्राफी रहेको भिडियोमा सुमित्रा गुरुङ “बिनिता”, सन्तोष मगर, टहलसिंह फुङ्जेली, गितु पुन, अमृता गुरुङ, कपिल मगर, मनिष सेवाल, सुनिल रजाली, सुश्मा राजाली, मनिषा रजाली, अरुणा घर्ती लगायतको अभिनय तथा नाच समेटिएको छ ।

मनोज कार्कीले सम्पादन गरेको भिडियो लुमिनिअस पोस्टवर्क्सको पोस्ट्प्रोडक्सनमा तयार भएको गायक थापाले गुल्मीन्युज डट कमलाई बताए ।

झन्डै १० वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहंदै आएका गुल्मेली गायक सन्तुले अहिलेसम्म झण्डै २ दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन् । उनले परम्परागत झ्याउरे, रोइला, कौडा, सोरठीदेखि लोकदोहोरी, तीजगीत, तीज ब्याटल, लोकपप र आधुनिक गीत समेतमा आफ्नो आवाज भरिसकेका छन् । केही समय पहिला मात्र थापाको बिदेशिएका युवाको मर्म बोकेको “प्रदेशीको पिडा” सार्वजनिक भएको थियो भने त्यस लगत्तै थापाको गुल्मी चिनारी गीत “गुल्मेली ठिटो” बजारमा आएको थियो ।
आफ्ना केहि गीतहरुको म्युजिक भिडियो आफैले निर्देशन गरेका उनले एक झ्याउरे गीतमा आफै अभिनय पनि गरेका छन् । सांगीतिक यात्राकै शिलशिलामा युके, दुबई, मलेसिया, थाईल्याण्डसम्म पुगेका सन्तुले भारतका र युरोपका बिभिन्न देशहरुमा थुप्रै कार्यक्रमहरु गरिसकेका छन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D