gulminews logo
शनिबार, २०८१ बैशाख ८

गायक बैकुण्ठ महतको फरक शैलीको गीत “सुपारी चुईगम” सार्वजनिक (भिडियो सहित)

“मायालाई सुपारी, मै खाउँला चुईगम
रातभरी रोधीमा नाचम, पिरती गाँसम
भोली उज्यालो नहुँदै सुँईकम”

सन्जु काउछा
जेठ ०२ । नेपाली लोक साङ्गीतिक क्षेत्रका बहुप्रतिभावान स्रष्टा तथा गायक वैकुण्ठ महतको नयाँ गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा फरक शैलीका लोक दोहोरी गीतहरु बजारमा ल्याउँदै आएका गायक महतले नयाँ गीत “सुपारी चुईगम” बजारमा ल्याएका हुन् ।

नेपाली लोक दोहोरी क्षेत्रकी स्थापित गायिका देवी घर्तीले महिला स्वर दिएको उक्त गीतको भिडियो पनि निकै राम्रो बनेको छ । बिन्ध्याबासिनी म्युजिक प्रालिको प्रस्तुती रहेको गीतमा लय तथा शब्द चर्चित सर्जक एक नारायण भण्डारीको रहेको छ ।

शंकर बि.सी. र रिना थापाको अभिनय रहेको भिडियोको छाँयाङ्कन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन नवीन घर्ती मगरले गरेका छन् ।

गुल्मीमा जन्मेका गायक वैकुण्ठ महतको थुप्रै चर्चित गीतहरू यसअघी बजारमा ल्याईसकेका छन् । गायक महतका औंठी स्वयम्बरको, हाम्रो नेपाल र हामी नेपाली, लैझा रुमाल बैना, मागेजति बरदान पाको भा, जाउँ है माया बटौली गाउँतिर, दुई कुराले ठग्यो, मादल जस्ता थुप्रै गीतहरु चर्चित गीतहरु मध्य पर्दछन् ।

गायक महत सहित सम्पूर्ण “सुपारी चुईगम” टिमलाई सफलताको शुभकामना ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D