gulminews logo
शनिबार, २०८१ बैशाख ८

गाउँमै दिनमा आठ घण्टा महिनामा २६ दिन काम, तलब मासिक १० हजार रुपैँया

अनिश शर्मा गैरे
गुल्मी, ०९ कार्तिक । मुसिकोट नगरपालिका १ का जित बहादुर दर्लामी शनिवार बाहेक अन्य दिनहरुमा सडकमा भेटिन्छन । उनको दैनिकि त्यही बेल्चा, ढुँगा र माटो सँगै बित्ने गरेको छ ।अहिले सडक नै जितबहादुरको जिविको पार्जनको गत्तिलो आधार हो । तीन सन्तानका बाबु उनी अहिले घरमा एक्लै छन । ‘छोरीको बिवाह भयो, छोरीहरु बिते’ उनले भने ‘श्रीमती पनि माइत बस्छिन, अहिले घरमा एक्लै छु’ । उनले अरु केही बिकल्प नभएको कारण सडकमा काम सुरु गरेको बताए ।

घरमा अरु धेरै सम्पति पनि छैन, उमेरले पनि बुढेसकाल लागी सक्यो । एक्लै भएका उनको मुसिकोट नगरपालिकाले लेङ्थ वर्करहरु राख्ने भन्ने समाचार सुनेपछि आवेदन दिए, र दुइ दिनको तालीम पनि लिए ।

उनी अहिले मुसिकोट नगरपालिका १ मा बिग्रे भत्केका सडकहरु ६ जनाको समुहमा मर्मत गर्छन । जितबहादुर मात्र होइन उनी जस्तै धेरै बिपन्न परिवारको जनजीवन यही सडक सँग जोडिएको छ ।

जित बहादुर जस्तै मुसिकोट नगरपालिका १ कै मीना राना पनि उनी सँगै सडकमा लेन्थ वर्करको रुपमा काम गर्छिन् । ‘दैनिक आठ घण्टाका दरले महिनामा २६ दिन सडकमै काम गर्छौं’, काम गर्दै गरेकी उनले भनिन्, ‘त्यहिबाट नै दैनिक गुजरा चलेको छ’ ।

उनका श्रीमान र दुइ छोरा छोरी छन । तर श्रीमानको मिस्त्रीको कामले खान पुग्दैन । त्यसैले सडकमा लेङथ वर्करको काम गर्न थालीन ।
दैनिक गाडी चल्ने सडक बनाउने लेन्थ वर्करहरुसंग जिम्मेवारी छ । यो वडा हरु भित्र भएका हरेक सडकको मर्मतको लागि उनी र उनीसँगैको ६ जनाको टिम नियमित खटिन्छन ।

उनीहरुको जिम्मेवारी सडकमा दैनिक काम गर्ने, साना पहिरा हटाउने, सडकमा परेका खाल्डाखुल्डी पुर्ने र सडक छेउको घाँस हटाएर सडक सफा राख्ने हो ।

दैनिक कामदार भएका सडक नियमित
ठुलो वर्षा भयो भने ग्रामिण इलाकाका हरेक सडकहरु अनियमित हुन्छन । सडकहरु अधिकाशं बन्द हुने गरेका पनि छन । तर अहिले सवारी साधानहरु नियमित चल्ने गरेका छन ।
गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिका भित्र ५४ जना लेङथ वर्करहरु राखेको छ । स्थानीय तह निर्वाचन सकिएपछि निर्वाचित जनप्रतिनिधिहरुको पहिलो निर्णय पनि थियो यो ।
बर्षा मौसम सकिएपनि हिउँद सम्म सडकहरु सुचारु नहुने अवस्था थियो । ‘अहिलेभने गाडी रोकिएनन्’, लेन्थ वर्कर मीनाले भनिन, ‘ठुलो पहिरो बाहेक सवै हामीले नै मर्मत गर्ने हो ।’
थोरै रकममा डोजरले गर्ने काम भन्दा धेरै गुणा राम्रो काम लेन्थ वर्करबाट भएको स्थानीय सरोकारवालाहरु बताउँछन । लेन्थ वर्कर छनोटमा सडक अनुसार स्थानीयले नै प्राथमिकता पाउने गरेका छन ।

पारिश्रमिक महिनाको १० हजार
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नगरपालिकाले यस बर्षको आफ्नो बजेटमा ६० लाख रुपैया लेङ्थ वर्करहरुको लागि छुटटएको जानकारी दिए । अहिले वर्करहरुलाइ प्रतिब्यक्ति मासिक १० हजार रुपैया तलब तोकिएको छ ।

र उनीहरुको काम निरिक्षण गर्न सुपरभाइजरको पनि ब्यबस्था गरीएको छ । ‘अहिले असोज, कार्तिक र मँसिर महिनामा मात्र लेङ्थ वर्करलाइ लगाउदै छौ’ सापकोटाले भने ‘अर्काे बर्ष बैशाख देखी नियमित रुपमा लेङ्थ वर्करहररुले सडक मर्मत गर्नेछन’ ।

उनले डोजर लगायतका मेसिनहरु प्रयोग गर्दा बढी क्षती हुने र जमिनको अवस्था पनि बिग्रने कारण नगरपालिकाले जिल्लामै पहिलो पटक यो निर्णय गरेको जानकारी दिए । उनले समाजमा पनि यो कार्यले सकारात्मक प्रभाव पारेको बताए ।

‘लेङ्थ वर्करहरु लगाइ सडक मर्मत गराउँदा दिगो बिकासलाइ समेत टेवा पुग्ने बिश्वास छ’ उनले भने ।
लेन्थ वर्करले सडकको नाली नियमित सफा गर्ने, नाली छेउछाउमा उम्रने घास र झाडी हटाउने, छड्के नाली काट्ने, गाडीले बनाएको लिग पुर्ने काम गर्छन् ।

साथै खाल्डाखाल्डी हुन नदिनेसंगै फुर्सदको समयमा बर्षातमा सडक छेउमा असुंरो, सजिवन, निगालो लगायतका बिरुवा रोपेर वातावरणीय सुधारका काम समेत गर्ने गरेको उनले बताए ।

सानो रकमबाटै स्थानीयलाई रोजगारी पनि हुने र काम पनि प्रभावकारी हुने भएकाले सडक सुधारमा यो राम्रो अभ्यास भएको सापकोटाले बताए ।

यता जिल्ला समन्वय समितिले राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम अन्र्तगत साढे दुई वर्ष देखि जिल्लाका इस्मा गाँउपालिका लगायतका क्षेत्रमा पनि सानो खर्चमै लेन्थ वर्कर राखेर सानो दुरीका सडक मर्मत गर्दै आएको छ ।

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D